छविराज ढकाल/ पथरीशनिश्चरे,

मोरङको पथरीशनिश्चरेमा असल बैठक संचालन विधि तथा जनप्रतिनिधिलाई सम्मान कार्यक्रम भएको छ।
शनिवार पथरी जेसिजको आयोजनामा असल बैठक संचालन विधि तथा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्वापोले कार्यक्रमको उद्घाटनका क्रममा आफु कार्यक्रमबाट अत्यन्तै प्रभावित भएको र यस्ता कार्यक्रमको अपेक्षा आगामी दिनहरुमा पनि रहेको भन्दै नगर तथा वडाले पथरी जेसिजसंग सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो।
पथरी जेसीज बोर्डका सम्पुर्ण पदाधिकारीहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा बर्ष २०१९ का अध्यक्ष जेसि मान दियाली र बर्ष २०२० अध्यक्ष जेसि सन्तोष ढुङ्गेल र पथरी जेसिजका संस्थापक अध्यक्ष तथा नेपाल जेसिज बर्ष २०२० का राष्ट्रिय अध्यक्ष जेसिआइ सिनेटर असोक संकरको उपस्थिति रहेको उक्त कार्यक्रममा पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहन तुम्वापो प्रमुख अतिथिको रुपमा हुनुहुन्थ्यो भने सबै वडाका वडा अध्यक्ष तथा सदस्यहरुलाई दोसल्ला ओढाएर सम्मान प्रदान गरिएको थियो।
जेसीज पदाधिकारीहरुलाई असल बैठक संचालन गर्ने बारेमा प्रमुख प्रशिक्षकको रुपमा धरान जेसिजका पुर्वअध्यक्ष तथा नेपाल जेसिजका पुर्व तालिम संयोजक जेसि मोहन श्रेष्ठले सहजीकरण गर्नुभएको थियो।
उक्त कार्यक्रमको उद्घाटन नगर प्रमुख मोहन तुम्वापोले गर्नुभएको थियो। पथरी जेसिजका संस्थापक अध्यक्ष तथा नेपाल जेसिज बर्ष २०२० का राष्ट्रिय अध्यक्ष असोक संकरले शुभकामना मन्तव्य राख्नुभएको थियो।
बर्ष २०२२ का कार्यक्रम संयोजक सविन तामाङले कार्यक्रम संयोजन गर्नुभएको कार्यक्रमको बर्ष २०२२ की अध्यक्ष अनिता राई(अनु)ले सभापतित्व गर्नुभएको थियो । बर्ष २०२२ का कार्यकारिणी उपाध्यक्ष सुवर्ण खत्रीले स्वागत मन्तव्य राख्नु भएको उक्त कार्यक्रममा सहभागी सम्पुर्ण वडाका सदस्य,अध्यक्ष र नगर प्रमुखलाई मायाको चिनो प्रदान गरिएको थियो।






























