पथरीशनिश्चरे ।

मोरङको पथरीशनिश्चरे नगरपालिका–१ स्थित पथरी बहुमुखी क्याम्पसमा अध्ययनरत् विद्यार्थीहरूलाई लागू पदार्थ दुर्व्यसन र साईबर अपराध विषयक एक सचेतनामुलक कार्यक्रम भएको छ।
क्याम्पसमा समुदाय प्रहरी साझेदारीको अवधारणा अनुसार विद्यलय सम्पर्क कार्यक्रम अन्तर्गत ईलाका प्रहरी कार्यालय पथरी मोरङ र पथरी बहुमुखी क्याम्पस पथरीको संयुक्त समन्वय तथा सहकार्यमा भएको हो।

कार्यक्रममा ईप्रका पथरीका निमित्त कार्यालय प्रमुख राजेन्द्रकुमार पौडेल, क्याम्पस प्रमुख चेतन पौडेल,सह–क्याम्पस प्रमुख, प्राध्यापकहरू र विद्यार्थीहरू गरी १२० जनाको सहभागिता रहेको ईप्रका पथरीले जनाएको छ।






























