पथरीशनिश्चरे,

मोरङको कानेपोखरी- ५ स्थित सिंहदेवी माविको स्वर्णमहोत्सव-२०७८का अवसरमा स्थानीयवासीले ९ लाख ८८ हजार २ सय ५५ रुपैयाको अक्षयकोष स्थापना गरेका छन् ।
उनीहरूले विद्यालयमा अध्ययनरत अपाङ्गता भएका तथा गरिब, दलित, जेहेन्दार छात्रछात्रालाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यका साथ स्वार्गीय आफन्तको नाममा अक्षयकोष स्थापना गरेका हुन् ।
पूर्व विद्यालय व्यवस्थापन समिति, पूर्व शिक्षक, पूर्व कर्मचारी, अक्षयकोषदाता, चन्दादाता समेतलाई सम्मान, पुरस्कार तथा कदर-पत्र प्रदान गरिएको महोत्सवमा प्रत्येक वर्ष १ हजार र ५ सयको दरले छात्रवृत्ति प्रदान गरिने विद्यालयका प्रधानाध्यापक धर्मराज थापाले बताएका छन् ।






























