पथरीशनिश्चरे,

मोरङको पथरीशनिश्चरे नगरस्थित अपाङ्गता समन्वय समितिको प्रावधान सम्बन्धी छलफल तथा अभिमुखिकरण कार्यक्रम भएको छ ।
युएसएआइडीको सहयोगमा बुधबार अपाङ्ग महिला संघ मोरङको प्रस्तुतिमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो।
संघकी जिल्ला अध्यक्ष मीना आचार्यले अधिकारका लागि अभियान, प्रभावकारी नीति निर्माणका लागि अपाङ्गता भएकाहरूको सशक्तीकरणका लागि पालिकाको भूमिका महत्वपूर्ण रहने जनाउनुभयो । नवनिर्वाचित जनप्रतिनिधिहरुको कार्यकालसङ्गै नयाँ समन्वय समिति गठन सम्बन्धी प्रावधानका बारेमा पनि छलफल भएको थियो ।
नगरप्रमुख मोहनप्रसाद तुम्बापो, उपप्रमुख देवीमाया काफ्ले, प्रमुख प्रसाशकीय अधिकृत लक्ष्मीप्रसाद खरेल सहितले अपाङ्गता भएकाहरूको सशक्तीकरणका लागि ध्यान दिने धारणा ब्यक्त गर्नुभयो ।






























