लघु उद्यम विकास सम्वन्धी अभिमुखीकरण कार्यक्रम

१२ मंसिर २०७९, सोमबार मा प्रकाशित

छविराज ढकाल/पथरीशनिश्चरे,

मोरङको पथरीशनिश्चरे नगरपालिकामा लघु उद्यम विकास सम्वन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम भन्ने मूल मर्म सहित आज सोमबार पथरीशनिश्चरे नगरपालिका लघु उद्यम विकास शाखाको आयोजनामा कार्यक्रम भएको हो ।

नगर प्रमुख मोहनप्रसाद तुम्वापोको अध्यक्षतामा भएको कार्यक्रममा उप–प्रमुख देवीमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, लेखा प्रमुख पिताम्बर वस्ती, स्वास्थ्य शाखा संयोजक मुरारी आचार्य लगायतको उपस्थिति रहेको थियो ।

यस्तैगरी , वडा नं. ७ का वडाध्यक्ष उद्धवराज बस्नेत, ४ का वडाध्यक्ष लोककिरण न्यौपाने, १० का वडाध्यक्ष जीवन खतिवडा, कार्यपालिका सदस्य र वडा सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।

लघु उद्यम विकास शाखाकी संयोजक सपना कार्कीले सञ्चालन गर्नुभएको कार्यक्रममा हेमचन्द्र दाहालले सहजिकरण गर्नुभएको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here