सताक्षी धाममा १०८ तुलसी शालिग्रामबीच विवाह महोत्सव

१२ मंसिर २०७९, सोमबार मा प्रकाशित

शिवसताक्षी ।

झापाको शिवसताक्षी–११मा रहेको प्रशिद्ध धार्मिक तीर्थस्थल सताक्षी धाममा ‘सताक्षी गोरक्षा महोत्सव–२०७९’ अन्र्तगत सोमबार वृहत तुलसी शालिग्रामबीच विवाह महोत्सव सम्पन्न भएको छ ।

विवाह पञ्चमीको अवसरमा त्यहाँ रहेको ‘सताक्षी तुलसी वाटिका’मा नवनिर्मित १०८ वटा तुलसी र कालीगण्डकीबाट ल्याइएको १०८ वटा शालिग्रामबीच वैदिक विधिपूर्वक विवाह सम्पन्न भएको सताक्षीधाम गोलोक गोवर्धन गौशालाका व्यवस्थापक आचार्य मदनमोहन अधिकारीले बताए ।

आयोजक सताक्षीधाम गोलोक गोवर्धन गौशालाको आयोजनामा आयोजित उक्त विवाह महोत्सवको सम्पूर्ण कार्य जगत गुरु बालसन्त मोहनशरण, गौशालाका संस्थापक आचार्य नन्दकिशोर भारद्वाज, आचार्य मदनमोहन अधिकारी, आचार्य सोमनाथ सुवेदी, आचार्य घनश्याम खनाललगायतले गरेका थिए ।

बिर्तामोडस्थित मारवाडी महिला मञ्च सहआयोजक रहेको उक्त कार्यक्रममा मञ्चकोतर्फबाट ११ हजार रुपैयाँ बराबरको गौशालाका गाईहरुको लागि खाद्य सामग्री वितरण गरिएको मञ्चकी अध्यक्ष नीलम अग्रवालले जानकारी दिइन् ।

विवाह अघि सयौंको संख्यामा उपस्थित भएका भक्तजनहरुले धाम क्षेत्रको परिक्रमासँगै त्यहाँ रहेको दिगम्बरेश्वर महादेवको मन्दिर पुजाअर्चना गरिएको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here