बृद्धबृद्धासँग लायन्स क्लब बेलबारी

१३ मंसिर २०७९, मंगलवार मा प्रकाशित

पथरीशनिश्चरे,

लायन्स क्लब अफ बेलबारीले बेलबारीका ज्येष्ठ नागरिकहरुका लागि जलपानको आयोजना गरेको छ । बेलबारी -१ स्थित ज्येष्ठ नागरिक भवनमा आयोजित कार्यक्रममा बृद्धबृद्धाहरुलाई जलपान आयोजना गरिएको हो ।

क्लबका अध्यक्ष तिर्थराज सिग्देलले बेलबारीका ज्येष्ठ नागरिकहरुका लागि जलपान कार्यक्रम आयोजना गरिएको र आगामी दिनमा पोषिलो खानेकुरा समेत बितरण गरिने जानकारी दिएका थिए ।

लायन्स क्लब बेलबारीले यसअघि पनि बिभिन्न सामाजिक क्रियाकलापहरुमा सक्रियता देखाउँदै आएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here