मिडिया एक्सन नेपाल आजबाट आठौं वर्षमा प्रवेश, अध्यक्ष पन्तद्वारा शुभकामना व्यक्त

0
398

बिर्तामोड ।

मिडिया एक्सन नेपाल आठौं वर्षमा प्रवेश गरेको छ । वि. सं.२०७२ साल पुस ६ गते स्थापना भएको मिडिया एक्सन नेपाल आजबाट आठौं वर्षमा प्रवेश गरेको हो ।

मिडिया एक्सन नेपालको स्थापना दिवसका अवसरमा शुभकामना सन्देश दिदैं पत्रकारितालाई जिम्मेवार ब्यवस्थित गर्नुका साथै जवाफदेही बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको मिडिया एक्सन नेपालले आगामी दिनमा अझ शसक्त ढङ्गबाट पत्रकारिता क्षेत्रलाई ब्यवस्थित बनाउन भूमिका खेल्ने मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तले बताए ।

मिडियाले आफ्नो मुख्य आधारभूमि राजनीतिलाई मान्दा पछिल्लो समय मिडियाप्रतिको विश्वसनीयता घट्दै गएको प्रति चिन्ता ब्यक्त गर्दै अध्यक्ष पन्तले पत्रकारलाई जिम्मेवार बन्न आग्रह गरे ।

मिडिया एक्सन नेपालका अध्यक्ष पन्तले विगत ६ वर्षदेखि मिडिया एक्सन नेपालले नेपाली पत्रकारितामा प्रेस स्वतन्त्रता र समावेशीता लागु गर्न गरिरहेको प्रयासले विस्तारै फड्को मारिरहेको बताए । उनले संस्थाले स्थापना देखि अहिलेसम्म १० हजार बढी पत्रकारलाई लाभांवित हुनेगरी विभिन्न कार्यक्रम सम्पन्न गरेको र पत्रकारलाई तालिम तथा फेलोसिप जस्ता अवसर प्रदान गरी पत्रकारिताको माध्यममा टिकिरहन सघाएको उल्लेख गरे ।

नेपाली संचार माध्यमप्रति अन्य देशले उठाएका प्रश्नप्रति गम्भिरता आवश्यक रहेको भन्दै अध्यक्ष पन्तले पत्रकारितामा राजनीति हाबी हुन दिन नहुने बताए । मिडिया एक्सन नेपाल सातौं वर्षमा प्रवेश गरेको भन्दै प्रदेश–१ संयोजक नरेन्द्र ढकालले पत्रकारिताको श्रीवृद्धिका लागि मिडिया एक्सन नेपालले खेलेको भूमिका प्रशंसनिय रहेको उल्लेख गरे ।

प्रदेश–१ का पत्रकारहरुको क्षमता वद्धि गर्दै पेशागत दक्षता र सुरक्षा प्रति मिडिया एक्सन नेपाल चिन्तत रहेको भन्दै सञ्चार क्षेत्रको विकासका लागि सबैसंग हातेमालो गरेर आगामी दिनमा थप प्रभावकारी ढङ्गबाट मिडिया एक्सन नेपालका कार्यक्रमहरु सञ्चालन गर्ने संयोजक ढकालको भनाई छ ।

मिडिया एक्सन नेपालले सात वटा प्रदेश र उपत्यका गरेर ८ जना संयोजक मार्फत विभिन्न कार्यक्रहरु सञ्चालन गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here