सेवा निवृत्त संयुक्त राष्ट्रसेवक संस्था नेपालको पाचौं साधारणसभा

२८ माघ २०७९, शनिबार मा प्रकाशित

मेचीनगर, सेवा निवृत्त संयुक्त राष्ट्रसेवक संस्था नेपालको पाचौं साधारणसभा सम्पन्न भएको छ ।

संस्थाको शनिबार मेचीनगर १२ स्थित सरस्वती बालकल्याण मावि परिसरमा सम्पन्न साधारणसभाको उद्घाटन मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख बुढाथोकीले जीवनको उर्भर समय राष्ट्रको सेवामा समर्पित हुने कुरा सामान्य नभएको बताएका छन् । पछिल्लो समय राष्ट्रसेवकलाई पैसा संग मात्रै तुलना गर्ने गरिएको बताउँदै उनले देशको इतिहास निर्माण गर्ने कार्यमा सेवा निवृत्त राष्ट्रसेवकहरूको भूमिका महत्त्वपूर्ण रहेको बताए ।

कार्यक्रममा नगर प्रमुख बुढाथोकीसंगै उपप्रमुख मीना पोखरेल उप्रेती, मेचीनगर १२ का वडाध्यक्ष मधुसूदन निरौला, अर्जुनधारा १० का वडाध्यक्ष भूपेन्द्र न्यौपाने, मेचीनगर कार्यपालिका सदस्य अमित खम्बुलगायतका अतिथिहरूले शुभकामना मन्तव्य राखेका थिए ।

२०७३ सालमा २५ जना सेवा निवृत्त राष्ट्रसेवक सदस्यहरू संगठित भएर अगाडि बढेको संस्थामा अहिले १०४ जना आजिवन सदस्य बनिसकेका छन् । संस्थाले पाचौं साधारणसभाको अवसरमा उत्कृष्ट विद्यार्थी र जेष्ठ नागरिकलाई नगदसहित सम्मान गरेको छ । त्यस्तै संस्थालाई जग्गा दान गर्ने जग्गादातालाई समेत अभिनन्दन गरेको छ ।

संस्थाबाट सम्मानित हुनेहरूमा उत्कृष्ट विद्यार्थी तर्फ एसईईमा ३।१५ जिपिए ल्याउन सफल मेचीनगर १२ कि सृष्टि रिमाल र ३।०० जिपिए ल्याउन सफल दिपक ढुङ्गेल रहेका छन् । विशिष्ट सदस्य सम्मानबाट मेचीनगर १२ निवासी ८० बर्षिया विष्णुकुमारी खनाल, जेष्ठ नागरिक सम्मानबाट मेचीनगर १२ निवासी १०१ बर्षिया धनबहादुर खवास र अर्जुनधारा १० निवासी १०१ बर्षिया कृष्णमाया पनेरू रहेकी छिन् । त्यस्तै सोही अवसरमा जग्गा दाता पदमबहादुर श्रेष्ठ दम्पतीलाई पनि संस्थाले अभिनन्दन गरेको थियो ।

संस्थाका अध्यक्ष सूर्यप्रकाश सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत बरिष्ट उपाध्यक्ष गंगाप्रसाद भट्टराईले गरेका थिए भने, सञ्चालन सचिव हरिप्रसाद गौतमले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here