पथरीशनिश्चरे -३ को विरेन्द्रनगरमा पून: बजार सुचारु

0
222

छविराज ढकाल/ पथरी शनिश्चरे,

पटक पटक लाग्दै बन्द हुदै आएको पथरीशनिश्चरे३ को बिरेन्द्रनगर बजारले बुधबारबाट निरन्तरता पाएको छ ।

झोडाकालीन हाटका रुपमा परिचित रहेको बिरेन्द्रनगर बजार पन्चायत हुदै बहुदल र गणतन्त्रकालीन समयमा लाग्दै आएको थियो । केही वर्ष यता प्रायः बन्द रहेको यो एउटा इतिहास बनेको बजार पून: बुधबारबाट सन्चालनमा आए संगै यहाका स्थानीयबासीहरू हर्षित भएका छन् र आफ्नो कृर्षि जन्य वस्तुहरुको बिक्री वितरण गर्न सहज हुने भन्दै यो बजारको स्थायित्वको लागि आग्रह पनि गरेका छन् ।

बुधबार वडा नम्बर ३ का वडा अध्यक्ष बिजय लिम्बुले औपचारिक उदघाटन गरेका हुन् । उद्घाटनसंगै बजार सुचारु भएको छ। बजार ब्यावस्थापनका लागि घनश्याम कोइरालाको अध्यक्षतामा समिति गठन गरिए पछि बजार लगाउन पहल थालिएको थियो ।

स्थानिय हाटमा तरकारी फलफुल, माछा मासु, लत्ताकपडा, जुत्ताचप्पल देखि घरायसी प्रयोजनका सामाग्री खरिद तथा बिक्री भएको छ भने ब्यापार व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यले नजिकैको शहरहरूबाट ब्यापारी आएका बजार ब्याबस्थापन समितिका सचिव गिरिराज पोख्रेल ´सिम्पाने´ले जानकारी दिए ।

बजारको स्थायित्वका लागि सबै किसिमका पहल गरिने सचिव सिम्पानेले बताएका छन् । यहाँका स्थानिय बजार भर्न पथरी, मंगलबारे र चन्दनेसम्म जाने गरेका छन् । स्थानिय क्षेत्रमै बजार भए पछि बाहिर जाने समस्या कम हुने स्थानियबासीले अपेक्षा गरेका छन् । बजार संन्चालन गर्न यहाका स्थानियले रकम संकलन गरेर अस्थायी टहरा पनि निर्माण गरेका छन् भने पथरीशनिश्चरे नगरपालिकाको सहयोगमा एक स्थायी टहरा समेत निर्माण गरिसकिएको छ ।

हरेक बुधबार लाग्ने हाट बजारलाई नियमित गर्न वडा कार्यालयले समन्वय गर्ने र यसका लागि सहयोग गर्न वडाअध्यक्ष लिम्बुले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here