अब माईधाममै चारधाम !

६ चैत्र २०७९, सोमबार मा प्रकाशित

विनोद सापकोटा,
माईधार ।

झापाको माईधारमा रहेको जगद्गुरु योगिराज श्री कमलनयनाचार्य जी महाराजको आश्रमको ५१ औं वार्षिकोत्सव विविध धार्मिक अनुष्ठान गरेरमनाउने भएको छ ।
शिवसताक्षी–१० माइधारस्थित श्रीलक्ष्मीनारायण मन्दिर तथा जगद्गुरु योगिराज श्री कमलनयनाचार्य आश्रमले नौ दिने रामकथा महोत्सवको आयोजना गरेरआश्रमको बार्षिकोत्सवतथा लक्ष्मी नायारण मन्दिरको जिणोद्धार गर्ने भएको हो ।

नौ दिने तुलसीकृत रामकथा ज्ञान महोत्सवआयोजक मुल समारोह समितिले आइतवार माइधारस्थित मन्दिरमा पत्रकार सम्मेलन गरेर आगामी चैत ८ देखि १६ गतेसम्म नौं दिवशिय राम कथा महोत्सव तथा महायज्ञको आयोजनाको जानकारी दिएको हो ।

चैत्र ७ गते दिव्य कलश एवं बाजागाजा, झाँकीसहित शोभायात्रा गरिने महायज्ञको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले गर्नेछन् । चैत ८ देखि १६ गतेसम्म अन्तर्राष्ट्रिय ख्यातिप्राप्त युवा विद्वान् श्रीअच्युत प्रपन्नाचार्य (अर्जुन रिमाल) ले नवाहव्यापी तुलसीकृत रामायण कथाको संगीतमय प्रवचन गर्ने आयोजक समितिले जनाएको छ । साथै अनेकों विशिष्ट विद्वानहरुबाट प्रवचनरुपी ज्ञान प्रवाह गर्न भव्य महायज्ञ सम्पन्न गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

महायज्ञमा सुप्रभातम्, स्वस्तिवाचनम्, मण्डप पुजन, संगीतमय तुलसीकृत रामायण पाठ पारायण, संगीतमय राम कथा प्रवचन, गरुडध्वजारोहण, मृदाहरण, दिब्य प्रवन्ध विविध ग्रन्थ पाठपरायण, भगवानको सवारी साथ नगर परिक्रममा, घडाद्वारा महाभिषेक, सामुहिक ब्रतबन्धलगायत हुने जनाइएको छ ।

आयोजक समितिले दैनिक ५ हजार सर्वसाधरणले रामकथा महोत्सवमा सहभागि जनाएको छ । महोत्सवको सबै तयारी भएको आयोजक समितिले जनाएको छ ।

योगिराजको आश्रमको कथा यस्तो छ

जगद्गुरु योगिराज श्री कमलनयनाचार्यको नेपालको पहिलो आश्रम माईधारमा छ । उक्त आश्रममा ५१ वर्ष अघि जगद्गुरु योगिराज श्री कमलनयनाचार्यले निर्माण गरेका थिए । भुटानबाट नेपाल आउने क्रममा जगद्गुरु योगिराज श्री कमलनयनाचार्य माईधार स्थित लक्ष्मिनारायण मन्दिरमा आश्रम बनाएर बसेका थिए । योगिराजले त्यसताका खरको छाना र बेरा भएको आश्रम आफ्नै बलबुताले बनाएका थिए । पछि त्यस आश्रमलाई पुर्न निर्माण गरि झिंगटीको छाना र बेरा लगाईएको थियो । उक्त आश्रम पनि यतिबेला जिर्ण बन्दै गएको छ ।

योगिराजको आश्रम हेर्न यतिबेला देश विदेसबाट सर्वसाधरणहरु आउने गरेका छन् । नेपाल लगायत, अमेरिका, क्यानाडा लगायतका मुलुकमा बसोबास गरिरहेका भुटानी सरणार्थीको नजरमा यो आश्रम परेको स्थानियले बताएका छन् । यो संगै भारतका श्री वैष्णव सम्प्रदायका धार्मिक व्यक्तिले पनि आश्रमको अध्ययन अवलोकन गर्ने गरेको स्थानियले जानकारी दिएका छन् ।

रामकथाको मुख्य उद्देश्य

बैशाखमा शिलान्यास भएर निर्माणधिन अवस्थामा रहेको श्री लक्ष्मी नारायण दिब्यदेश मन्दिरलाई पूर्ण गर्नु रामकथा महोत्सवको अर्को उद्देश्य हो । उक्त मन्दिर नेपालमा अनौठो प्रकृतीको रुपमा निर्माण भइरहेको छ । भारतिय कला शैलिमा मन्दिरको निर्माण भइरहेको महायज्ञ तथा रामकथा महोत्सवको आयोजना गरिएको जगद्गुरु योगिराज श्री कमलनयनाचार्यका प्रथम उत्तराधिकारी समेत रहेका नवदिवसीय तुलसीकृत रामकथा ज्ञान महायज्ञ सम्पादन समितिका अध्यक्ष स्वामी भागवताचार्यले ले जनाकारी दिए । मनिदर निर्माणका लागि अन्तर्राष्ट्रिय क्षेत्रका प्राविधिक खटिएका छन् ।लक्ष्मी नारायण मन्दिरको जिर्णोद्धार गर्न १३ करोड खर्च हुने अनुमान गरिएको छ ।

लक्ष्मिनारायण मन्दिर भित्र के छ ?

गोदुग्धहारी जगद्गुरु योगिराज कमलनयनचार्य स्वामीजी महाराजको तपोभूमिको रुपमा रहेको आश्रम परिसरमा भगवान् श्रीलक्ष्मीनारायणको दिव्य मन्दिरका अतिरिक्त विभिन्न संरचना निर्माण भएका छन् । सरकारबाट अनुमति प्राप्त आधारभूत तहको कक्षा १ देखि ८ सम्म श्री अनन्तादर्श संस्कृत वेद विद्यालय, कमलनयनाचार्य पुस्तकालय, छात्रावास, श्री लक्ष्मीनारायण वैष्णवालय, गौशाला, धर्मशाला जस्ता संरचनाहरू निर्माण भइसकेका छन् ।

विश्वका वैदिक सनातनीहरुको लागि महत्त्वपूर्ण गन्तव्यका रुपमा विकसित हुँदै गएको उक्त स्थानमा श्री सम्प्रदायका अनुयायीहरुका लागि एक गौरव पूर्ण इतिहासको नविनतम संरचनाका रुपमा समेत स्थापित हुने मन्दिर समितिको विश्वास रहेको छ । विश्वभर व्यापकता पाएका स्वामीजीका शिष्य प्रशिष्य परम्परामा सबैको साझा धार्मिक आस्थाको केन्द्र साथै पूर्वाञ्चलकै एक महत्त्वपूर्ण धार्मिक पर्यटकीय स्थलको रुपमा उक्त मन्दिरको विकास भइरहेको जनाइएको छ ।

भविष्यमा माइधाम नै चारधाम

लक्ष्मि नारायण मन्दिरको अब ४ विगाह जग्गा छ । मन्दिर परिसर पूर्व तर्फको करीव ४ विगाह जग्गामा कनकाई नदीको पवित्र जल प्रवाह गरी कञ्चन जलाशय निर्माण गर्ने मन्दिरले अठोट लिएको छ । सो पुस्करणि भित्र सनातन धर्मावलम्बीहरुको पवित्र चारधाममा (मुक्तिनाथ, वदरीनाथ, द्वारका, जगन्नाथ) भगवानको दिव्य मन्दिर निर्माण गरिने मन्दिरका अध्यक्ष स्वामी भागवताचार्य जि महाराजले जानकारी दिए

चारधाम मन्दिरको दर्शन गर्न जल मार्ग हुँदै जाने प्रकृतीको मन्दिर निर्माण हुने छ । मन्दिर परिसरलाई अत्यन्त आकर्षक पुष्प वाटिका निर्माण गरी बुटिक परिसर बनाएर उक्त क्षेत्रलाई नेपालकै आकर्षकधार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने मन्दिरले परिकल्पना गरेको मन्दिर निर्माणसमितिका सचिव हरि तिम्सिनाले जानकारी दिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here