नवोदयद्वारा कर्मचारीलाई उद्घोषण तालिम प्रदान

0
116

कमल ।

कमल गाउँपालिका ३ केर्खास्थित नवोदय बहुउद्देश्यीय सहकारी सस्थाले आफ्ना कर्मचारीलाई उद्घोषण तालिम प्रदान गरेको छ ।
सस्थाले आफ्ना कर्मचारीको क्षमता अभिवृद्धी गर्ने उद्देश्यीयले तिनदिने प्रभावकारी उद्घोषण तालिम प्रदान गरेको हो । तालिमलाई सहजकर्ता विष्णुप्रकास निरौलाले सहजीकरण गर्नु भएको थियो ।

तालिममा सिकेको ज्ञान र सिपलाई व्यवहारमा लागु गर्दै यसलाई जिवन उपयोगी बनाउन सस्थाका उपाध्यक्ष उमानाथ भण्डारीले सहभागी कर्मचारीलाई अनुरोध गर्दै आगामी दिनमा कर्मचारीलाई थप तालिमको व्यवस्था मिलाउने बताउनुभयो ।

तालिम मापन कार्यक्रमा सस्थाका सल्लाकार समितिका संयोजक डम्वर बहादुर पौडेल तथा सहभागीका तर्फ बाट सीता दंगाल, यसोदा दाहाल,भगिश्वर बस्नेत र मुरारी घिमिरेले तालिम अत्यन्तै उपयोगी भएको र यस बाट धेरैकुरा सिक्ने अवसर प्राप्त भएको बताउदै आगामी दिनमा आफुले सिकेको ज्ञान र सिपलाई व्यवहारमा लागू गर्ने बताउनुभयो ।

सस्थाका व्यवस्थापक फणिन्द्र बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न तालिम समापन कार्यक्रमलाई आशिष दाहालले सन्चालन गर्नु भएको थियो भने प्रतिमा निरौलाले स्वगत गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here