दादुरा रुवेला खोप अभियान सञ्चालन सम्वन्धी पालिका स्तरीय अभिमुखीकरण

२५ श्रावण २०८०, बिहीबार मा प्रकाशित

पथरीशनिश्चरे,

दादुरा रुवेला खोप अभियान सञ्चालन सम्वन्धी पालिका स्तरीय खोप समन्वय समिति र सरोकारवालाहरुसँगको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

आगामी साउन २८ गतेदेखि भदौ २ गतेसम्म सञ्चालन हुन गइरहेको दादुरा रुबेला खोप अभियानको पुर्ब तयारीका लागि पालिका स्तरीय खोप समन्वय समिति र सरोकारवलाहरुको बैठक तथा अभिमुखीकरण कार्यक्रम गरिएको हो ।

आज बिहीबार नगरपालिकाको सभाहलमा भएको कार्यक्रमको सभाध्यक्ष नगर प्रमुख मोहनप्रसाद तुम्वापो रहेका थिए । कार्यक्रमको सहजीकरण नगरपालिकाका स्वास्थ्य सह–संयोजक जगत मगर र एकराज खत्रीले स्लाइड मार्फत् गर्नुभएको थियो ।

कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य, वडा नं. ९ का वडाध्यक्ष वीरबहादुर राई, प्याव्सन नगर समितिका अध्यक्ष सुरेन्द्र लिम्बु, पथरी नगर अस्पतालका डा. भेषराज पोख्रेल लगायतले आफ्ना सुझाव राख्नुभएको थियो ।

सोहि कार्यक्रममा नगर उप–प्रमुख देविमाया काफ्ले, ८ नं. वडाध्यक्ष तथा प्रवक्ता नविन कार्की, १० का वडाध्यक्ष जीवन खतिवडा, वडा नं. ३ का वडाध्यक्ष विजय लिम्बु, वडा नं. १ का वडाध्यक्ष भीम राई, वडा नं. ५ का वडाध्यक्ष चेतेन्द्र खड्का, वडा नं. ७ का वडाध्यक्ष उद्धवराज बस्नेत, शिक्षा शाखा प्रमुख शालिग्राम काफ्ले, इलाका प्रहरी कार्यालय पथरीका प्रमुख लक्ष्मी भण्डारी, पञ्चायत माविका प्रधानाध्यापक अर्जुन बुढाथोकी, कार्यपालिका सदस्यहरु, जनप्रतिनिधिहरू, बाल क्लबका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here