आगोले जलेर महिलाको मृत्यु

0
8

मोरङ।

मोरङको ग्रामथानगाउँपालिका–४ मोतिपुरस्थितमा आगोले जलेर एक जना महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ४५ बर्षीया भेडियनदेवी माझी रहेकी छन् । घरको भान्सा कोठाको चुलोमा भात पकाउने क्रममा लडेर आगोमा जलेर घाईते भएकी उनलाई उपचारको लागि आर्या न्यूरो अस्पताल बिराटनगर पुर्याउनासाथ डाक्टरले मृत घोषित गरेका थिए ।

घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय बेलबारीको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान गरी शवलाई पोष्टमाटमको लागि कोशी अस्पताल बिराटनगर पठाउनुका साथै थप अनुसन्धान गरिरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here