पातन्जल योग झापा समिति

0
14

चारआली ।

पातन्जल योग समिति नेपाल झापाको कार्यसमिति पुनर्गठन गरिएको छ ।

केन्द्रीय उपाध्यक्ष होमप्रसाद गौतम तथा कोशी प्रदेश अध्यक्ष केशव ताम्राकारको विशेष उपस्थितिमा शिवसताक्षीमा भएको भेलाले आगामी दुई वर्षका लागि पायोस जिल्ला समिति पुनर्गठन भएको हो ।

झापामा पायोस नेपालको मातहतमा सञ्चालित ३१ वटै साधना केन्द्रको प्रतिनिधि पर्ने गरी पुनर्गठित समितिको अध्यक्षमा श्याम लुहागुन, उपाध्यक्षमा लोकनाथ गजुरेल, सचिवमा टेकेन्द्र ढकाल, सह–सचिवमा जयप्रसाद पोख्रेल र कोषाध्यक्षमा टीका सुवेदी चयन भएका छन् ।

त्यस्तै सदस्यहरूमा हेमन्ती गजुरेल, रेखा पराजुली, रमा भण्डारी, रुपा अधिकारी, पशुपति चम्लागाँई, ज्योती न्यौपाने, तिलोतमा धिमाल, माधव पोख्रेल, निर्मला खाती, ख्याम तिम्सिना, लीला वन, अमर बस्नेत, सबिना राना, मीना भट्टराई, सुमित्रा भट्टराई, कृष्ण अधिकारी र दिनेश मैनाली रहेका छन् ।

हाललाई मौजुदा समिति कायम रहने गरी ४३ सदस्यीय समिति बनेको र पदाधिकारी अनिवार्य रहने गरी ११ सदस्यीय सचिवालयको समेत व्यवस्था रहने छ । आगामी मंसीर १५, १६ र १७ गते दमकमा हुने तेस्रो केन्द्रीय महाधिवेशन लगत्तै २० गतेबाट हुने १५ दिवशीय एडभान्स तालिमको व्यवस्थापनका लागि समेत समिति पुनर्गठन गरिएको तालिम व्यवस्थापन समितिका संयोजक टेकेन्द्र ढकालले बताए ।

तालिममा सहभागी हुनेले दुई हजार पाँच सय रुपैयाँ बुझाएर पातन्जलको पोशाकमा १५ दिनको योग प्रशिक्षक प्रशिक्षण लिन प्रत्येक साधना केन्द्रबाट कम्तिमा पाँच जनाको सहभागिता रहने सयोजक ढकालले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here