युवतीहरू झिकाएर यौन धन्दामा लगाउने २१ वर्षीया निशासहित दुई जना पक्राउ

0
16

पथरीशनिश्चरे ।

मानव बेचविखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा इटहरी प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले २१ वर्षीया निशा कार्कीसहित इटहरी–९ बस्ने कृष्णहरी घिमिरेलाई पक्राउ गरेको हो । उनीहरूले इटहरीबाहिरबाट युवतीहरू झिकाएर यौन धन्दामा संलग्न गराउने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । इटहरी प्रहरी प्रमुख डीएसपी टेकबहादुर कार्कीका अनुसार इटहरी–६ कि निशा कार्कीले फोनमार्फत दुईजना युवती झिकाएर केटासँग पठाउन खोजेपछि शंका लागेर उनीहरूले प्रहरीलाई खबर गरेका थिए ।

दुवै जनालाई एक रातको १० हजार रुपैयाँका दरले निश्चित गरिसकेको बताएपछि उनीहरूले प्रहरीमा खबर गरेका थिए । दुवै किशोरीलाई काम लगाइदिन्छु भन्दै बाहिरबाट बोलाएको र यौन धन्दामा लगाउन खोजिएको अनुसन्धानबाट देखिएको डीएसपी कार्कीले बताए ।

पक्राउ परेका कार्की र घिमिरेलाई जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ । उमेर हेरेर ५ हजारदेखि १० हजार रुपैयाँसम्मको मोलमोलाइ हुने गरेको प्रहरीको भनाई छ ।

यसैबीच नागरिकतासमेत फर्जी बनाएर एक व्यक्तिको जग्गा अर्को व्यक्तिलाई बिक्री गर्ने गिरोहमध्येका एक जनालाई इटहरी प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरी राजविराज घर भई इटहरी–४ संगीत चोक बस्दै आएका २९ वर्षीय दिनेशकुमार देव रहेको डीएसपी कार्कीले बताए ।

उनीलगायतको गिरोहले सुनसरी बराहक्षेत्र–३ स्थित भरौलमा रहेको कित्ता नम्बर ६६९४ को.ज.बि १.१६.११.० क्षेत्रफल सोही ठाउँको कि.नं ७५० को.ज.बि १.०९.१५.५० क्षेत्रफलको जग्गाको धनीपुर्जा फर्जी बनाई बिक्री गरेको उनले बताए ।

बिक्री गरेर टोकन बैनासमेत लिएको अवस्थामा पीडित जग्गाधनी सञ्जीव खनालले उजुरी दिएपछि उनलाई पक्राउ गरिएको प्रहारीले जनाएको छ । पक्राउ परेका देवलाई जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको कार्कीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here