मधेस प्रदेशले जित्यो केपी ओली कप

१५ मंसिर २०८०, शुक्रबार मा प्रकाशित
अन्नपूर्ण (कास्की),
मदन भण्डारी स्पोर्टस् एकेडेमीले पोखरामा आयोजना गरेको ‘केपी ओली कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट’ प्रतियोगिताको उपाधि मधेस प्रदेशले जितेको छ ।
आज पोखरा रङ्गशालामा भएको फाइनल खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ११ रनले हराउँदै मधेसले उपाधि जितेको हो । उपाधिसँगै मधेसले नगद रु पाँच लाख, शिल्ड, पदक र प्रमाणपत्र पुरस्कार प्राप्त ग¥यो । उपविजेता बनेको आर्मीले रु दुई लाख ५० हजार, शिल्ड, पदक र प्रमाणपत्र पायो ।
पहिले ब्याटिङ गरेको मधेसले आर्मीलाई एक सय ३६ रनको लक्ष्य दिएको थियो । आर्मीले उक्त लक्ष्य भेटाउने क्रममा निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय २४ मात्र बनाउन सक्यो ।
आर्मीका कप्तान विनोद भण्डारीले ३२, विवेक यादवले २५, भीम सार्कीले २२, सोमपाल कामी र सन्तोष कार्कीले १६–१६ रन बनाउनुभयो । रोहित पौडेलले पाँच, राजेश बुढामगरले तीन, बसिर अहमदले दुई रन जोड्नु हुँदा कुशल मल्ल शून्य रनमा आउट हुनुभयो ।
बलिङतर्फ मधेसका कप्तान हरिशङ्कर साहले सर्वाधिक चार विकेट लिनुभयो । प्रदीप पासवानले दुई र प्रतीक यादवले एक विकेट हात पार्नुभयो । टस जितेर पहिला ब्याटिङ गरेको मधेसले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ३५ रन बनाएको थियो । मधेसका विशाल पटेलले ४९, कप्तान हरिशङ्कर शाहले २७, हिमान्सु दत्तले १४ र विशाल सुस्लिङले १० रन जोड्नुभएको थियो । पवन सराफले नौ, इम्रान शेखले आठ, अनिल शाह छ, प्रदीप पासवानले चार, मायन यादवले तीन रन बनाउनुभएको थियो ।
बलिङतर्फ आर्मीका साहव आलम र विवेक यादवले तीन–तीन, सोमपाल कामी र बसिर अहमदले एक–एक विकेट लिनुभयो । प्रतियोगितामा ‘म्यान अफ द सिरिज’ बन्नुभएको मधेस प्रदेशका हरिशङ्कर शाहले रु ३० हजार प्राप्त गर्नुभयो ।
प्रतियोगिताभर १० विकेट लिनुभएका बागमती प्रदेशका कप्तान सन्दीप लामिछाने ‘बेस्ट बलर’ चुनिनुभयो । बागमती प्रदेशकै रित गौतम ‘बेस्ट ब्याट्सम्यान’ बन्नुभयो । उहाँहरुले रु २०–२० हजार पुरस्कार प्राप्त गर्नुभयो ।
प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here