इलाममा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु

0
12

इलाम ।

इलामको सन्दकपुर गाउँपालिका–१ छागेमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ ।

स्थानीय खोलाछागी खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा बिद्युत् सर्ट भई करेन्ट लाग्दा स्थानीय २४ वर्षीय सरोज राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

करेन्ट लागेर स्थानीय २५ वर्षीय विनोद राई, १९ वर्षीय सुदिप राई र २८ वर्षीय मनोज राई सामान्य घाइते भएका छन् । घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here