उर्लावारी आगलागी घटनाका घाईतेहरूको स्वास्थ्य अवस्था सुधारोन्मुख

0
13

उर्लावारी ।

लक्ष्मी पुजाको रात उर्लाबारी–७ इटहरा रोडमा भएको आगलागीमा परी घाईते भएकाहरुको स्वास्थ्य अवस्था सुधारोन्मुख हुँदै गएको छ ।

गत कार्तिक २६ गते आगलागीमा परी घाईते बनेकाहरु मध्यें अहिले कविराज दहालको आईसीयु र अन्य १९ जनाको नर्मल वार्डमा उपचार भईरहेको अस्पतालले जनाएको हो ।

आइसियुमा उपचाररत दहालको स्वास्थ्य अवस्था सामान्य हुँदै गएकाले आजै उनलाई पनि नर्मल वाडमा सार्ने तयारी भैरहेको समाजसेवी कमल भण्डारीले बताए ।

यसैबीच ,नेपाली कांग्रेस कोशी प्रदेशका सहमहामन्त्री एवम् उर्लाबारी नगरपालिकाका पुर्व मेयर खड्ग फागोले घाईतेहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

फागोले घाईतेहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिदै सबैको स्वास्थ्य अवस्था सुधारोन्मुख भैंरहेको र उपचार कुनै कसर नराख्न नदिन संघीय र प्रदेश सरकारसँग आफुले थप पहल गरीरहेको जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here