मेची नदीमा मृत भेटिए एक भारतीय नागरिक

१९ चैत्र २०८०, सोमबार मा प्रकाशित

भद्रपुर ।

नेपाल–भारत भएर बग्ने मेची नदीमा मृत फेला परेका व्यक्ति भारतीय नागरिक रहेको खुलेको छ ।

भद्रपुर नगरपालिका–३ स्थित बैसाबारीमा मृत भेटिएका व्यक्ति देश भारत रावागञ्ज घर भई भारत झाला बस्ती बस्ने अन्दाजी ४० वर्षीय सुनिल सोरन रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बैसाबारीको मेची नदीमा निर्माण गरिएको अस्थायी बासको पुल मुनि आइतबार दिउँसो करिब १ बजेको समयमा उनको शव फेला परेको थियो ।

शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here