लागूऔषध दुव्र्यशनी विरुद्धको सप्ताह शुरु

0
4

मेचीनगर ।

बाहुण्डाँगी जेसीजको आयोजनामा लागूऔषध दुव्र्यशनी विरुद्धको सप्ताह बुधवारबाट शुरु भएको छ ।

“बाहुण्डाँगी जेसीजको अभियान : लागूऔषध रहित समाजको पहिचान” भन्ने नाराका साथ विद्यालय विशेष कार्यक्रम सुरु भएको हो । मेचीनगर ४ को सरस्वती माविबाट सुरु भएको यो अभियान सात दिनमा साबिक बाहुण्डाँगी हालको मेचीनगर १, २ ३ र ४ वडाका १५ वटा निजि तथा सामुदायिक विद्यालयमा सञ्चालन हुनेछ ।

पछिल्लो समय विद्यालय तहबाट लागूऔषध दुव्र्यशनी प्रयोगकर्ता बढ्दै गएको र यसलाई न्यनिकरण गर्न हरेक विद्यालयमा पुग्ने गरि अभियान सञ्चान गरिएको हो । सरस्वती मावि, पशुपति मावि, पबित्र मावि, जनता मावि, भानु मावि, मेचीजनसाधारण मावि र बलभद्र आविमा सञ्चालन हुने अभियानमा अन्य विद्यालयहरुलाई सहभागि गराइने छ ।

अभियानको उद्घाटन मेचीनगर नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष अर्जुनकुमार कार्कीले गर्नु भएको थियो । सरस्वती मावि र विद्या विकास एकाडेमीका ६० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

अभियानमा लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टा, इलाका प्रहरी कार्यालय काँकरभिट्टा र बाहुण्डाँगी प्रहरी चौकीले सहजीकरण गर्नेछन् । शाखाका अध्यक्ष देबु बानियाँको सभापतित्व तथा मेचीनगर ४ का वडा अध्यक्ष अर्जुनकुमार कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा सदस्य नुरकुमार राई, पवन बराइली, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी निरिक्षक कृष्णकुमार पोखरेल, सशस्त्र प्रहरी बल बाहुण्डाँगीका सशस्त्र प्रहरी निरिक्षक धुब्र भट्ट, बाहुण्डाँगी प्रहरी चौकीका प्रमुख उमेश श्रेष्ठ, सरस्वती माविका प्रधानाध्यापक भीम श्रेष्ठ, बाहुण्डाँगी जेसीजका संस्थापक उपाध्यक्ष निरज पोखरेल लगायतको सहभागि रहेको थियो ।

तालिम संयोजक रिना दर्जीले स्वागत गरेको कार्यक्रममा आस्थापाठ विवेक तामाङ र सञ्चालन महासचिव सुस्मिता खतिवडाले गर्नु भएको थियो ।
अभियान अन्तर्गत बिहिवार पवित्र मावि मेचीनगर १ मा सञ्चालन हुने कार्यकारीणी उपाध्यक्ष सुष्मा मिश्रले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here