रोजगार सेवा केन्द्रद्वारा ३६ वटा कार्यक्रम तथा आयोजना सम्पन्न

0
61

पथरी शनिश्चरे,

पथरी शनिश्चरे नगरपालिका रोजगार सेवा केन्द्रले आर्थिक वर्ष २०८०/८१ मा ३६ वटा कार्यक्रम तथा आयोजना सम्पन्न गरेको छ ।

रोजगार सृजना (आई.डी.ए.) प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत २७ वटा र रोजगारी सृजना (नेपाल सरकार) प्रधानमन्त्री रोजगार अन्तर्गत ९ गरी जम्मा ३६ वटा कार्यक्रम तथा आयोजना सम्पन्न भएका हुन्।

रोजगार सेवा केन्द्रका प्रमुख हिमाल राईका अनुसार नगरको ९ वटा वडामा सञ्चालन गरिएको कार्यक्रम तथा आयोजनाहरू क्रमशः खानेपानीको पाइप विस्तार, फुटबल खेल मैदान घेराबारा, पैनी मर्मत्, ड्रेन मर्मत् तथा निर्माण, पैनीको वाद निर्माण र विशेष गरेर कृषिलाई केन्द्रित गरेर नयाँ बाटोहरु निर्माण आदि कार्यहरू गरिएका छन् ।

रोजगार सेवा केन्द्रले ३ महिनाको अवधिमा ३ सय जना बढीले श्रम गरिसकेको प्रमुख राईले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here