कुटपिट गर्नेलाई तत्काल पक्राउ गर्न माग, घटनामा संलग्न पक्राउ नपर्दा सिंगो गाँउ नै त्रसित

0
285

योगेन्द्र योगी,
मोरङ ।

गाउँमै केही ब्यक्ति आएर कुटपिट गरेपछि मोरङको सुन्दरहरैचा ५ स्थित फोक्लेणड टापुका स्थानीय त्रसित बनेका छन् । अनाहमा कुटपिट गरेपछि सिंगो गाँउ नै आतंकित बनेको भन्दै पिडितहरुले पत्रकार सम्मेलन गरेर न्यायको पक्षमा आवाज उठाई दिन आग्रह गरेका छन् ।

घटना क्रम अनुसार गत असर १ मोरङको सुन्दरहरैचा–५ फोक्लेणड टापुको बुढीखोला किनरमा तटबन्ध तारजाली लगाउने कार्य भैरहेको थियो। त्रिवेणी तटबन्ध निर्माण समितिका सचिव भोजराज गौतम त्यहाँ काम लगाउन खटिएका थिए।

त्यहीं क्रममा दुई युवाहरु आएर हामीलाई काम पाईदैन भनेर सचिव गौतमलाई सोधेको र उनले अहिले ढुंगा सकिएको आउने बित्तकै काम गर्ने भए आउनु भने पछि ती युवाहरुले निर्माण समितिको अध्यक्ष को हो भन्दै काम गर्न अवरोध गरे। काम गर्न अवरोध गरेपछि सचिव गौतमले निर्माण समितिका अध्यक्ष बज्रमणि राईलाई फोन सम्पर्क गरी युवाहरुले काम गर्न रोकेको जानकारी गराएको बताए ।

त्यसको केहि समयपछि अध्यक्ष राई उक्त स्थानमा आएर ती युवाहरुलाई सम्झाउने क्रममा सामान्य भनाभन भएको र युवाहरु आफ्नो बाटो लागे र गछिया प्रहरीलाई बोलाएर उनीहरुलाई सम्झाउन बुझाउन घर तर्फ जाँदैगर्दा बाटो ढुकेर बसेका केही युवाहरुले प्रहरी लगायत समितिका अध्यक्ष र सचिवलाई ढुंगामुढा गर्दै धारिलो हतियार प्रहार गर्न थालेपछि उनीहरु सबै जना भागेको पत्रकार सम्मेलनमा बताइएको छ । सोही क्रममा सचिव गौतमलाई उनीहरुले मरणासन्न हुने गरी कुटपिट गरेको बताइएको छ ।

रडले टाउँको तथा शरिरका विभिन्न भागमा कुटपिट गरेर उनीहरु त्यहाँबाट भागेको बताइएको छ । कुटपिटबाट गम्भिर घाइते भएका गौतमको बिराटनगर अस्पतालमा उपचार भइरहेको बतााइएको छ । कुटपिटमा संलग्नहरु विरुद्ध छोरा पुष्पराज गौतमले किटानी जाहेरी दिएका छन् । कुपिटमा संलग्न सुनसरी इटहरी–३ खोर्साने टोलका हिमाल राई, विकास राई र कालु राई बिरुद्ध इलाका प्रहरी कार्यालय बेलबारीमा जाहेरी दर्ता गरेपनि हालसम्म प्रहरीले पक्राउ नगरेपछि सिंगो गाँउ नै त्रसित बन्नुपर्ने अवस्था र्सिजना भएको स्थानीयले पत्रकार सम्मेलनमा बताए ।

जाहेरी त दर्ता गर्यो तर,कुटपिटमा संलग्न तीनै जना सुनसरीको भएको भन्दै इलाका प्रहरी कार्यालय पठाउने भनेर पिडितका छोरालाई प्रहरीले घर पठाए पनि हाल सम्म कोशी पक्राउ नपरेको बताइएको छ । न्यायको लागि पिडित पक्षले पत्रकार सम्मेलन गर्दै उनीहरु खुलेआम हिड्दा पनि पक्राउ नगरेको भन्दै प्रहरी माथिनै आशंका ब्यक्त गरेका छन्।

पिडित गौतमले आफूलाई कुटपिट गर्नेहरु अझै पनि आफ्नो घरमै बसिरहेको र प्रहरीले पक्राउ नगरेको बताँदै न्याय नदिए इलाका प्रहरी कार्यालयमा गएर आमरण अनशन बस्न पनि आफू तयार रहेको बताए।

पत्रकार सम्मेलनमा बोल्दै समितिका अध्यक्ष राईले प्रहरीले हुन्छ हामी खोज्दै छौ भन्ने जवाफ दिएको भन्दै इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक तेजबहादुर दाहालले चासो नदिएको आरोप लगाए ।

पिडित गौतमको श्रीमती शान्ति गौतमले कुट्ने युवाहरु खुलेआम हिड्डुल गरिरहेको भन्दै उनीहरुलाई तत्काल पक्रउ गरी कानुनी कारबाही गर्न,पिडितलाई न्याय दिन र औषधि उपचारमा लागेको खर्च असुल गर्न माग गरेकी छन्।

स्थानीयले उनीहरुको कारणले गर्दा फोक्लेणड टापुको सिंगो गाउँ नै आतंकित भएको र बिहान–बेलुका बाहिर निस्कन पनि डरमर्दो भएकाले तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याई पिडितलाई क्षतिपुर्ति दिन माग गरेका छन्।

यता प्रहरी निरीक्षक दाहालले घटना घटाउने व्यक्तिहरु सुनसरीको भएको, जाहेरी पर्ने बित्तकै इलाका प्रहरी कार्यालयलाई रेफर गरिएको बताए। रेफर गरेपछि आरोपीहरुलाई खोज्ने कार्य भइरहेको पिडितहरुले भने जस्तो प्रहरी कुनै आरोपीलाई संरक्षण गरेको भन्ने भनाइमा कुनै सत्यता नरहेको बताए।

उता इलाका प्रहरीकार्यालय इटहरीका डीएसपी टेकबहादुर कार्कीले भने बेलबारीबाट केहि दिन अघिमात्र पक्राउ गर्नु भनेर सूचना आएको बताउदै उनीहरुलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here