घरमै बोलाएर हत्या गर्ने एक जना पक्राउ

0
50

पथरीशनिश्चरे,

मोरङको उर्लाबारीमा आफ्नै घरकोठामा बोलाई लाठी, धारिलो हतियार खुकुरी, चुप्पी आदिले शरिरका विभिन्न भागमा प्रहार गरी हत्या गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गत साउन १६ गते मोरङ्गको उर्लाबारी न.पा. वडा नं.-५ व्यापार संघ लाईनका सुभास तामाङ प्रहरीले पक्राउ गरेको हो।

उर्लाबारी न.पा. वडा नं.-४ आईतबारे बस्ने वर्ष २१ को कुशल दाहाललाई निज तामाङले आफ्नै घरकोठामा बोलाई लाठी, धारिलो हतियार खुकुरी, चुप्पी लगायतले शरिरको विभिन्न भागहरूमा प्रहार गरी गम्भिर घाईते बनाएका थिए।

उनको उपचारको लागि झापा विर्तामोड स्थित बी.एण्ड सी. अस्पतालमा उपचारको क्रममा गत साउन १५ गते राति मृत्यु भएको थियो। अभियुक्त तामाङलाई जिल्ला अदालत मोरङबाट ४ दिनको म्याद थप गरी ईलाका प्रहरी कार्यालय उर्लाबारीले थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here