छाता वितरण कार्यक्रम सम्पन्न

0
17

दमक।

समुदायमा कांग्रेस अभियान अन्तरगत झापाको दमक नगरपालिका वडा नं–८ मा छाता वितरण कार्यक्रम सम्पन्न भएको छ ।

स्थानीय गणेश मन्दिरको सिद्धिविनायक सभाहलमा आयोजित कार्यक्रमका बीच वडाभित्रका ६० जना बासिन्दालाई छाता वितरण गरिएको हो ।

नेपाली कांग्रेस झापाका उपसभापति शेरबहादुर भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासमिति सदस्य सुरेश सुब्बा, कोशी प्रदेश सदस्य चन्द्रा खड्का भट्टराई, जिल्ला सदस्य गोकुल श्रेष्ठ, वडाका लागि जिल्ला प्रतिनिधि तेजप्रसाद धिमाल, ५ नम्बर क्षेत्रीय सभापति ढुण्डिराज भण्डारी, अइन्द्र केरुङ, डा. नेत्र बुढाथोकी लगायतले शुभकामना मन्तब्य राख्नुभयो ।

वडा सभापति चन्द्र खत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रममा विनोद रेग्मीले स्वागत गर्नुभएको थियो भने सञ्चालन प्रेमचन्द्र भण्डारीले गर्नुभएको क्षेत्रीय सभापति भण्डारीले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here