गौ हत्यमा सम्लग्न भएको आरोपमा विष्ट पक्राउ

0
63

झापा, गौ हत्यमा सम्लग्न भएको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।

झापाको दमकमा भएको गौ हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दमक ५ मा बस्दै आएका बेलडाँगी शरणार्थी शिविरका प्रेम विष्ट पक्राउ गरेको हो ।

गाई काट्ने हतियार , जोख्ने तराजु र केही मासुसहित विष्टलाई इलाका प्रहरी कार्यालय दमक प्रहरीले पक्राउ गरेको हो ।

मंगलवार राति दमक नगरपालिका वडा नम्वर २ बस्ने ६७ वर्षीय लक्ष्मण बिष्टको वडा नम्वर १ मा रहेको गाईगोठबाट गाई चोरेर लगेर हत्या गरिएको थियो । गोठबाट अकलापुरी ग्रिन सिटी तथा बाबा विश्वकर्मा मन्दिर प्रवेशद्वारको गेटबाट सय मिटरको दूरीमा गाईलाई मारिएको थियो । घटनामा संलग्नलाई कार्वाहीको माग गर्दै हिन्दुवादी संगठनहरुले आन्दोलन गर्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here