कोशी प्रदेशमा ‘टाइम कार्ड लागू’ चालक प्रतिबद्धता पत्रमा हस्ताक्षर

0
20

योगेन्द्र योगी
बिराटनगर,

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरीको आयोजना तथा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, कोशी प्रदेशको सहकार्यमा कोशी प्रदेशमा सार्वजनिक सवारी साधनको प्रभावकारी व्यवस्थापनका लागि ‘टाइम कार्ड लागू’ गर्ने र चालक प्रतिबद्धता पत्रमा हस्ताक्षर गराउने कार्यक्रम मोरङको सुन्दर हरैचा–७, गछियामा सम्पन्न भएको छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी प्रमुख प्रहरी उपरीक्षक बिनोद घिमिरेको अध्यक्षतामा आयोजित कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्रकुवेर खापुङले प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा सार्वजनिक सवारी चालकहरूलाई टायमकार्डको महत्व र जिम्मेवारीबारे जानकारी दिइएको थियो भने चालकहरूले ट्राफिक नियमहरूको पालना गर्ने, निर्धारित समयतालिका अनुसार सवारी सञ्चालन गर्ने, र यात्रुहरूको सुरक्षालाई प्राथमिकता दिने प्रतिबद्धता जनाउँदै चालक प्रतिबद्धता पत्रमा हस्ताक्षर गरिएको नेपाल प्रहरी राजमार्ग व्यवस्थापन कार्यालय इटहरीले जनाएको छ ।

कार्यक्रममा बोल्नु हुदै प्रमुख अतिथि, कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक खापुङले, सवारी दुर्घटना गम्भिर बिषय भएको र यसलाई न्यूनिकरण सरोकारवाला निकाय सबै जिम्मेवार बन्नु पर्ने जनाउदै टाइम कार्ड प्रणाली लागू गर्नु कोशी प्रदेशमा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन र दुर्घटना न्यूनीकरण गर्न महत्त्वपूर्ण कदम हुने बिस्वास व्यक्त गरेका थिए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङ प्रमुख प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरिया, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका संयोजक सरोज श्रेष्ठ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भिम ज्वाला राई, बिभिन्न यातायात व्यवसायी, मजदुर संघ संगठनका प्रमुख तथा प्रतिनिधीहरु, यातायात व्यवसायी लगायत अन्य ट्राफिक प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here