बिराटनगर,
कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङले मोरङ जिल्लाको ग्रामथान गाउँपालिकाका बिभिन्न वडाका आइतबार हुने मतदान स्थलको स्थलगत निरीक्षण तथा अनुगमन गरेका छन् ।
निरीक्षण अनुगमनको क्रममा कोशी प्रदेश प्रहरी प्रमुख खापुङले मतदान स्थलमा खटिएका प्रहरी कर्मचारीहरुलाई सुरक्षा व्यवस्था मजबुद बनाई स्थानिय तह उप-निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गराउन निर्देशन समेत दिएको कोशी प्रदेश प्रहरी प्रवक्ता भीम बहादुर दाहालले जानकारी दिए ।
मतदान स्थलको स्थलगत निरीक्षण तथा अनुगमनको क्रममा मोरङका प्रमुख प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरिया समेतको उपस्थिति रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।