पथरी जेसीजको जेसीज सप्ताह सम्पन्न

0
21

छविराज ढकाल,
पथरीशनिश्चरे।

पथरी जेसीजले १४ औँ वार्षिकोत्सव तथा जेसीज सप्ताहको समापनमा मोरङ्गको पथरी शनिश्चरेमा गजल महफिल कार्यक्रमको आयोजना गरेको छ।

शनिबार पथरी जेसीजले पथरी शनिश्चरे वडा नं १ को हरियाली सामुदायिक वनको सभाहलमा आफ्नो जेसीज सप्ताह तथा १४ औं वार्षिकोत्सव सम्पन्न गरेको हो। कार्यक्रमकी प्रमुख अतिथि तथा कोशी प्रदेशकी सांसद् गीता तिम्सिनाले जेसीज आस्थामा भने झैँ शासन व्यक्तिको नभई विधिको हुनुपर्ने कुरामा आफू अडिग रहेको बताउनुभएको छ।

पथरी जेसीजले सप्ताहका क्रममा पथरी शनिश्चरे वडा नम्बर ६ गेलावारीमा बस्दै आएका अति विपन्न ऋषिदेव परिवारका बालबालिकाहरूको शिक्षा, स्वास्थ्य लगायतका लागि ७ वर्षे योजना अगाडि सारेकोमा खुसी व्यक्त गर्नुभयो। झापा, मोरङ, सुनसरी र धनकुटाका ७ जना गजलकारहरूले गजल वाचन गर्दै पथरी शनिश्चरे नगरिलाई गजल महफिलमा दर्शक तथा श्रोताहरूको मनखिचेका थिए ।

पथरी जेसीज वर्ष २०२४ का अध्यक्ष राजकुमार विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा पथरी शनिश्चरे वडा नं १ मा बसोबास गर्दै एक दर्जन बढी खोजमूलक पुस्तक लेखन तथा लेखन लेखन तथा प्रकाशन गर्नुहुने खोज अनुसन्धानकर्ता दिपेन्द्रराज तिम्सिनालाई दोसल्ला ओडाएर सम्मानपत्रले सम्मानित गरिएको थियो।

कार्यक्रममा सुनसरीका राजन भट्टराई, मोरङ उर्लाबारीका टिका खड्का राष्ट्रप्रेमी, उर्लाबारीकै मुना आत्रेय, सुनसरी धरानकी तारा दिप्साली राई, दमक झापाकी कल्पना आचार्य, धनकुटा पाख्रीबासका निश्चल भण्डारी र मोरङ पथरीका ओम प्रकाश शर्मा अभिन्नले आफ्ना गजलहरु वाचन गरेर मन्त्रमुग्ध पार्नुभएको थियो।

पथरी जेसिजकी महासचिव निर्मला भट्टराईले उद्घाटन कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने साहित्यतर्फको कार्यक्रमको सञ्चालन दिपक दियालोले गर्नुभएको थियो।

उक्त अवसरमा पथरी जेसीजका पूर्व अध्यक्ष अशोक शङ्करले शुभकामना मन्तव्य राख्नुभएको थियो भने साहित्यकार–पत्रकार भूपेन्द्रराज तिम्सिना, साहित्यकार लक्ष्मीप्रसाद फुयाल, पथरी शनिश्चरे नगरपालिकाका पूर्व मेयर दिलिप राई, इलाका प्रहरी कार्यालयका प्रमुख डीएसपी मोहनविक्रम दाहाल लगायतको उपस्थिति रहेको थियो।

नगेन्द्रबहादुर घिमिरेको संयोजकत्वमा जेसीज सप्ताहका क्रममा पथरी शनिश्चरे वडा नं १०का डाँस मोरङ्गी गंगा आर्यघाटमा सरसफाई, सचेतना बोर्ड स्थापना, वडा नं २ को पथरी नगर अस्पताल परिसरमा सरसफाई सहित विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here