कमलमा योग शिक्षक तालिम सम्पन्न

0
22

कमल ।

कमल गाउँपालिकामा द्वारा आयोजित योग शिक्षक तालिम समापन भएको छ ।

कमल गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा कमल २ स्थित महेन्द्र रत्न माध्यमिक विध्यालयको सभाहलमा गत मंसिर १६ गते देखी सञ्चालित योग शिक्षक तालिम एक औपचारीक कार्यक्रमगरी समापन गरिएको छ ।

गाउँपालिकामा रहेका सामुदायीक विध्यालयमा स्वास्थ्य शारिरिक विषय अध्यापन गराउने शिक्षक र नृत्य शिक्षिकालाई लक्षित गरि सञ्चालन योग शिक्षका तालिम समापन गरिएको कमल गाउँपालिका शिक्षा तथा खेलकुद शाखाका रविन गौतमले बताए ।

योगले शारीरिक, मानसिक , सामाजिक अध्यात्मीक तवरले मानिसलाई स्वस्थ र स्फुर्ति बनाउंछ । नियमित योग गर्न र गराउनाले ब्यक्ति स्वयं समाजमा स्वास्थ्य हुनको साथै घर परिवार समाजलाई समेत स्वास्थ्य बनाउने भएकोले तालिमा सिकेका विषयलाई आ आफ्ना विध्यालयका विद्यार्थीलाई प्रशिक्षित गराउन तालिममा सहभागी शिक्षकलाई कमल गाउँपालिकाका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी अनुरोध गरिन् ।

समुदायीक विद्यायमा अध्यायनरत विद्यार्थीलाई योगमा आबद्ध गराई स्वास्थ्य जीवनशैली परिवर्तन गराई शारीरिक,मानसिक रुपमा स्वास्थ्य रहने कार्यमा जागरुक गराउने भएकोले योग र आर्युवेदको महत्व बुझाई प्राकृतीक जीवनशैली अपनाउन र रोगमुक्त भई बाच्न अभिप्रेरित गराउनकालागी तालिम महत्व हुने विध्यालय व्यवस्थापन समिती महासंघ कमलका अध्यक्ष पवन राईले बताए ।

तालिममा कमल गाउँपालिका भित्र सन्चालनमा रहेका २१ वटा सामुदायीक विध्यालयका स्वास्थ्य शारिरिक विषय अध्यापन गराउने शिक्षक र नृत्य शिक्षक सहभागीता रहेको थियो ।

तालिमा सहभायीलाई पतन्जली योग समिति झापाका भिडिया प्रभारी उमानाथ भण्डारी र कमल गाउँसमितीका अध्यक्ष त्रिलोचन गौतमले सहजी करण गर्नु भएको थियो भने नरेन्द्र जनता माध्यमिक विद्यालयका प्रधानाध्याकप बालकृष्ण सौंग्रलाले शाश्दिक शब्द द्वारा स्वागत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here