भगवती साकोसद्वारा २९ सम्मानित

0
45

सुरुङ्गा ।

भगवती बचत तथा ऋण सहकारी संस्था लिमिटेड सुरुङ्गाले आफ्नो २५ औ स्थापना दिवस दुई दर्जन बढी व्यक्तित्वलाई सम्मान गर्दै मनाएको छ ।

कार्यक्रम संयोजक तोमप्रसाद बाराकोटी सभापति रहेको कार्यक्रममा असल बचतकर्ता मिठु भट्टराई (सङ्ग्रौला) र कुलप्रसाद न्यौपाने, असल ऋणी सुरेशकुमार कडरिया र इन्दिरा मैनाली, उत्कृष्ट कर्मचारी सबिन भट्टराई, बिदाइ भएका कर्मचारीहरू मातृकाप्रसाद अधिकारी, अप्सरा पाण्डे र दिप्सना रिजाल (फुयाँल) सम्मानित भएका छन् ।

२०८० को एसईईमा सामेल भगवती साकोसका सेयर सदस्यका छोराछोरीमध्ये उत्कृष्ट विद्यार्थीहरू स्मृति दाहाल (श्रीहरिकुल नमुना मावि), दीपककुमार गर्ग (पशुपति अङ्ग्रेजी मावि), स्तुति खतिवडा (कन्काई मावि) र सागर लुइँटेल (कनकाई क्याम्पस) लाई पुरस्कारसहित सम्मान गरिएको थियो । त्यसै गरी, ३ महिलासहित १७ जना ज्येष्ठ सेयर सदस्यलाई सम्मान गरिएको थियो ।

त्यसरी सम्मानित हुने ज्येष्ठ सदस्यमा भक्तिप्रसाद सङ्ग्रौला, तिलादेवी सङ्ग्रौला, सूर्यप्रकाश मैनाली, गोमा बिमली, चन्द्र मैनाली, गुणप्रसाद तिम्सिना, पदमप्रसाद उप्रेती, तीर्थराज सुवेदी, चक्रबहादुर आलेमगर, दयानन्द वंशल, हरिप्रसाद भेटवाल, विष्णुप्रसाद उप्रेती, हरिप्रसाद पोखरेल, विनोदकुमार दाहाल, नानीमाया सार्की, रामहरि देवकोटा र तुलसीप्रसाद मैनाली रहेका छन् ।

कार्यक्रममा वक्ताहरूले तत्कालीन सङ्कटग्रस्त समयमा व्यापार व्यवसाय पनि धरासायी बन्दै गर्दा सुरुङ्गामा रहेका बैंकहरूसमेत विस्थापित भएपछि साविक सुरुङ्गा गाविस वडा नं. ५ मा २०५७ साल पुस १४ गतेबाट विधिवत सञ्चालनमा ल्याइएको भगवती साकोसले प्रगति गर्दै अघि बढेको बताएका थिए ।

सहारा साकोस विर्तामोडका कार्यकारी प्रमुख तथा राष्ट्रिय सहकारी बैंकका केन्द्रीय अध्यक्ष महेन्द्रकुमार गिरीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा भगवती साकोसका अध्यक्ष युवराज सङ्ग्रौला, दोमुखा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष भरतकुमार थपलिया, संस्थाका सल्लाहकारद्वय डा. पुण्यप्रसाद पौडयाल र ईश्वरीप्रसाद शिवाकोटी, संस्थापक अध्यक्ष तिलचन्द्र उप्रेती, पुरस्कृत विद्यार्थी स्तुति खतिवडा लगायतले मन्तव्य राखेका थिए ।

सञ्चालक समिति सदस्य गोमा कार्कीले स्वागत मन्तव्य राखेको कार्यक्रम संस्थाका सचिव नरेन्द्रप्रसाद फुयाँलले सञ्चालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here