झापा, बिर्तामोड उद्योग वाणिज्य संघका पूर्ब उपाध्यक्ष तथा नेपाल अलैंची व्यवसायी महासंघका केन्द्रीय सदस्य संञ्जीव घिमिरे नेपाली कांग्रेसको उद्योग तथा व्यापार विभागमा मनोनित भएका छन् ।
बिर्तामोडका सफल उद्यमीका रुपमा परिचित घिमिरेलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको उद्योग तथा व्यापार विभागको सदस्यमा मनोनयन गरेका हुन् । उनीसंगै
पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठ प्रमुख रहेको उक्त विभागमा घिमिरे सहित दश जनालाई मनोनयन गरिएको हो ।
घिमिरेले रोटरी तथा जेसीज जस्ता संस्थामा समेत रहेर रचनात्मक काम गरेका छन् । हाल उनी नेपाली कांग्रेस बिर्तामोड नगरसमिति सदस्य हुन् । देउवाले नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार खगेश्वर बोहरा (कञ्चनपुर), मीनबहादुर भण्डारी (जुम्ला), धु्रव खड्का (काठमाडौँ), जमसेरअलि मियाँ (कपिलवस्तु), सीताराम परियार (काभ्रेपलाञ्चोक), शम्भुहरि बाँस्तोला (सोलुखुम्बु), जुनु गुरुङ (लमजुङ), विजयकुमार सिंह (रौतहट) र राजीव श्रेष्ठ (काठमाडौँ)लाई मनोनयन गरेका हुन् ।