सूचनाको हकको अवधारणा, विकास र उपयोग

0
9

सार :

मानिसको आवश्यकता मध्ये सूचना पनि एक हो । सूचनाले मानिसलाई सचेत र विवेकी बनाउँछ । सूचनाको हकको मर्म भनेको जिम्मेवार हुनु, जवाफदेही हुनु, पारदर्शी हुनु र ज्ञानलाई साझा गर्नु हो । सूचनाको स्वभाव केवल सत्य हो । असत्य सूचनाको कुनै स्थान छैन । सूचना कुनै बहानामा अपारदर्शी हुनुहँुदैन । सूचनालाई मानव कल्याणको लागि संयुक्त राष्ट्रसंघ र अन्तर्गतका देशहरूले कानूनी मापदण्डमा स्थापित गरेका छन् । सूचनाको हकको प्रभावले हरेक व्यक्ति र समाजमा न्याय तथा शान्ति स्थापना हुन्छ । संविधान, ऐन, नियमावलीहरूमा सूचनाको हकलाई जुन व्याख्या गरिएको मर्म छ, त्यसलाई संस्थागतदेखि व्यक्तिगत स्तरसम्म व्यवहारमा उतार्न सकिएमा देश र घरपरिवारको विकासमा समेत मद्दत पुग्ने देखिन्छ ।

सूचना र सूचनाको अर्थ फरक भए पनि मर्म भने एउटा नै हो । सूचनालाई सत्य जानकारीको रुपमा बुझ्न सकिन्छ भने सूचनालाई सुझाव भनेर बुझ्न सकिन्छ । सत्य सूचनालाई सनातन दर्शनमा समेत मान्यता दिइएको पाइन्छ । किरात, हिन्दू, जैन,बौद्ध दर्शनले सत्य जानकारी हरेक मानिसको लागि आवश्यक रहेको बताउँछ । बौद्ध दर्शनले सत्य ज्ञानको कारण दुःखबाट मुक्ति पाउन सक्ने मान्यता राख्दछ । गलत जानकारीले मानिस जञ्जालमा फस्ने कारण जहिले सत्यको खोजी गर्नुपर्छ भन्नेतर्क बौद्ध दर्शनमा छ । यो मान्यता आजको आधुनिक युगमा पनि कानूनी रुपमा समान रहेको देखिन्छ । दुःख र जन्जालबाट मुक्त हुन र सचेत रहन सूचनाको हक महत्वपूर्ण छ । सूचनाको हक प्राप्त गर्नु हामी सबैको दायित्व हो ।

अवधारणा :

सूचनाको हक एक महत्वपूर्ण मानव अधिकार हो, जसले नागरिकहरूलाई सरकारी निकाय र सार्वजनिक संस्थाबाट सूचना प्राप्त गर्न सक्षम बनाउँछ । यसले सरकार र सरकारी निकायहरूको पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्दछ । सूचनाको हकलाई वर्तमान अन्तर्राष्ट्रिय कानून तथा मापदण्डहरूले मानव अधिकारको एउटा अंशको रुपमा मान्यता दिएको छ । धेरै देशहरूमा यस हकको कानून निर्माण भइसकेको छ, जसले गर्दा नागरिकहरूलाई सार्वजनिक सूचना प्राप्त गर्न कानूनी अधिकार दिएको छ । जनताले सार्वजनिक निकायहरूले सञ्चालन गरेका काम, खर्च गतिविधि र निर्णयहरूको जानकारी पाउनुपर्ने मान्यता नै सूचनाको हकको अवधारणा हो । यो अवधारणाको कारणले तीन वटा कुरामा सशक्त बनाउँछ :

१. पारदर्शिता
२. जबाफदेहिता
३. कानूनी सुरक्षा

सूचनाको हकले जहिले सत्य जानकारीलाई संकेत गर्छ । सही जानकारीले मानिसको कल्याण हुन्छ । गलत र मिथ्या जानकारीले मानिसलाई जहिले हानी गर्छ । त्यसैले अन्तर्राष्ट्रिय स्तरमा संयुक्त राष्ट्रसंघको घोषणा पत्रमा सूचनाको हकलाई मानव अधिकारको रुपमा सुनिश्चित गरिएको छ ।

सूचनाको हकको विकास :

सूचनाको हकलाई अझ खोतल्दै जाने हो भने संसारमा यसको अवधारणाको शुरुवात सर्वप्रथम स्वीडेनबाट भएको देखिन्छ । स्वीडेनले सन् १७६६ मा ँचभभमयm या तजभ ष्लायचmबतष्यल उचभकक बअत भनेर कानून बनाएको देखिन्छ । त्यसपछि अमेरिकाले सन् १९६६ मा ँचभभमयm या क्ष्लायचmबतष्यल ब्अत (ँइक्ष्ब्) भनेर पारित गरेको पाइन्छ । एवम् तरिकाले फिल्याण्ड जस्ता देशहरूले पनि सूचनाको हकलाई कानूनी रुप दिएको देखिन्छ । भारतले सूचनाको हक सम्बन्धी च्त्क्ष् ब्अत सन् २००५ मा ल्यायो, जसले गर्दा नागरिकलाई सरकारी काम कारवाहीमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित ग¥यो ।
नेपालको सन्दर्भमा सूचनाको हकको अवधारणामा संविधान र अन्य कानूनहरूमा समावेश गरिएको देखिन्छ । नेपालको संविधान २०७२ ले धारा–२७ अन्तर्गत नागरिकलाई सूचनाको हक सुनिश्चित गरेको छ । नेपालले सन् २००७ अर्थात् वि.स.२०६४ मा सूचनाको हक सम्बन्धी ऐन पारित गरेको थियो । नेपालले सन् २००८ मा ऐनलाई कार्यान्वयन गर्नका लागि सूचनाको हक सम्बन्धी नियमावली निर्माण गरेको छ । यसरी सरकारी तथा सार्वजनिक निकायहरूबाट सूचना प्राप्त गर्न कानूनी अधिकार प्रदान गरेको छ । सूचनाको हक सम्बन्धी नियमावलीले सबै नागरिकलाई सरकारी कार्यालय, निकाय र सार्वजनिक संस्थाहरूबाट सूचना प्राप्त गर्न कानूनी अधिकार दिएको छ ।

यसले नागरिकलाई आफ्नो अधिकारबारे जान्न, सार्वजनिक निर्णय प्रक्रियामा सहभागी हुन र सरकारलाई जवाफदेही बनाउन मद्दत पु¥याउँछ । यसप्रकार सूचनाको पहुँचको सुनिश्चितता यो नियमावलीमा देखिन्छ । यो नियमावलीले कुनै पनि सरकारी वा सार्वजनिक संस्थाले सार्वजनिक महत्वका सूचनाहरू समयमै प्रकाशित गर्नुपर्ने प्रावधान गरेको छ । यसले पारदर्शिता बढाउने र भ्रष्टाचार नियन्त्रणमा सहयोग पु¥याउने भूमिका खेल्छ । यो नियमावलीले नागरिकले सूचना माग्ने प्रक्रियालाई व्यवस्थित गरेको छ । सूचना अधिकारी मार्फत निवेदन दिनुपर्ने, १५ दिनभित्र सूचना उपलब्ध गराउनुपर्ने, सूचना दिन नहुने कारण प्रष्ट लेख्नुपर्ने प्रावधान रहेको छ ।

सूचनाको हकले ग्रामिण क्षेत्रका जनतामा सचेतना फैलाउने र उनीहरूको अधिकार प्राप्तीका लागि मार्ग देखाउने काम नियमावलीले गरेको देखिन्छ । विशेषगरी महिला, दलित, आदिवासी जनजाति र अन्य कमजोर वर्गका व्यक्तिहरूलाई जानकारीको पहुँच दिलाएको छ । यस नियामावलीमा गोपनियता र सार्वजनिक चासोका विषयलाई सन्तुलन कायम गरेर जिम्मेवार सूचना प्रवाहलाई सुनिश्चित गरेको छ । सूचनाको कारण पारदर्शिता हुने भएकोले भ्रष्टाचारमा नियन्त्रण गर्न सहयोग मिल्छ । यस नियमावलीमा सूचनाको लागि पुनरावलोकन गर्न सक्ने व्यवस्था रहेकोले यस नियमावलीले नागरिकलाई न्याय प्राप्तीको अवसर दिएको छ । यो नियमावलीलाई वि.स.२०६८, २०७० र २०७७ मा गरेर तीन पटक संशोधन गरिएको छ, जसले गर्दा पारदर्शिता, जवाफदेहिता र सुशासन प्रवद्र्धन गर्न महवपूर्ण भूमिका खेलिरहेको छ ।

सूचनाको हकको उपयोग :

गोपनियताको हकलाई ध्यानमा राखेर हरेक व्यक्तिले सार्वजनिक स्थानमा काम वा गतिविधिमा भाग लिएपछि आवश्यक व्यक्तिलाई सत्य सूचना दिनु कानूनी कर्तव्य हो । यो कार्यले देश र जनतालाई मजबुत बनाउन सघाउ पु¥याउँछ । यसकारण पनि लोकतन्त्रको बलियो आधार तयार हुन्छ । तर, असत्य वा बढाई–चढाई मिथ्या सूचना दिनु कानूनी रुपमा भ्रष्ट कार्य हो, जसलाई भ्रष्टाचार भन्ने गरिन्छ । भ्रष्टाचार बजेटलाई हिनामिना गर्नु मात्र होइन, असत्य कुरा गर्नु पनि भ्रष्टाचार हो । त्यसैले सूचनाको हकमा असत्य र मिथ्या सूचनालाई प्राथमिकता दिइएको छैन ।

जसरी पनि सूचना दिनु सूचनाको हक होइन । सही र सत्य सूचना दिनु मात्र सूचनाको हक हो । यस्ता सत्य तथ्य सूचना सेवाप्रदायकबाट सेवाग्राहीमा दिनु कर्तव्य हो । सेवाग्राहीको लागि भने अधिकार हो । यस्ता मान्यता अन्तर्राष्ट्रिय स्तरमा मानव अधिकारको रुपमा स्थापित भएको छ । पत्रिकाले पाठक वर्गलाई, शिक्षकले विद्यार्थीलाई, चिकित्सकले विरामीलाई, कर्मचारीले सेवाग्राहीलाई सत्य जानकारी वा सत्य सूचना दिनु अत्यन्तै महत्वपूर्ण हुन्छ । जसरी पनि जानकारी दिने उदेश्यले सूचना दिँदा सम्बन्धितलाई आवश्यकको सट्टा हानी हुने खतरा बढ्छ । त्यसैले आवश्यतामा रहेर सत्य सूचना दिनु अत्यधिक महत्वपूर्ण मानिन्छ । र, यो सेवाप्रदायक तथा सेवाग्राहीको लागि कल्याणकारी हुन्छ ।

सूचनाको हकलाई कानूनी प्रक्रियामा मात्र होइन, घर व्यवहारमा पनि लागू गर्न सकिन्छ । सूचनाको हकलाई बुबाआमा र छोराछोरीमा प्रयोग गर्न सकिन्छ । सन्तानहरूको लागि बुबाआमाको तर्फबाट बेला–बेलामा सत्य सूचनाहरू, जानकारीहरू उपलब्ध गराउनुपर्छ । छोराछोरीहरूबाट बुबाआमाले उनीहरूको सूचना बेला–बेलामा लिनुपर्छ । बुबाआमाको कतिपय निर्देशनले छोराछोरीमा प्रभाव नपर्ला, तर सत्य सूचनाले बच्चाहरूको भविष्य सुध्रिन सहयोग पुग्छ । सत्य सूचनाको कारण परिवारका सदस्यहरूको अनुगमन हुन्छ । सदस्यहरू अभिभावकप्रति उत्तरदायी हुन्छन् । सूचनाको हक सरकारी कार्यालयबाट जानकारी लिने, निवेदन फारम भर्ने जस्ता प्रक्रिया मात्रलाई बुझ्नु संकुचित विचार हुन जान्छ ।

सूचनाको हक सार्वजनिक निकायदेखि व्यक्तिगत व्यवहारसम्म लागू गर्न आजको दिनमा आवश्यक छ । किनकि हरेक व्यक्ति २४ घन्टामा कति सत्य बोल्छन् र कति असत्य वा बढाई–चढाई गरेर बोल्छन् त्यो त आफैले म म भन्नु पर्छ । यस्तो परिवेशमा सेवा प्रदायक र सेवाग्राही स्वयम् कति जोखिममा हुन्छन् भन्ने कुरा अड्कल गर्न सकिन्छ । अहिले त यस्तो छ भने यस्ता परिवेश १८औं शताब्दी पूर्व कस्तो थियो होला अनुमान गर्न सकिन्छ । त्यसैले सुधार गर्न सबैभन्दा पहिला स्वीडेनले सत्य सूचना प्रदान गर्नुपर्छ भन्ने निर्णय ग¥यो स्वीडेनले मानिसको कल्याणका लागि सूचनाको हकलाई कानूनी रुपमा स्थापित ग¥यो ।

स्वीडेनभन्दा अझै अगाडि जाने हो भने २६०० वर्ष पहिलेको सनातन विचारलाई हेर्न सकिन्छ । ती विचारहरू मध्ये महावीर र गौतम बुद्धको सिद्धान्त ‘सत्य बोल्नु’ भन्ने छ । गौतम बुद्धको आर्य अष्टमार्ग अन्तर्गत सम्यक वाणी र सम्यक दृष्टि सूचनाको हकसित समान भएकोले यसलाई जोड्न उपयुक्त देखिन्छ । बुद्धले सत्य सूचना (ज्ञान) हरेक मानिसको हितकारी हुन्छ भनेका थिए । सत्य ज्ञान पता लगाएका कारण उनले पहिलो पटक सारनाथमा पाँच जना शिष्यहरूलाई सत्य कुरा बताएका थिए, जुन बहुजन सुखाय र बहुजन हिताय अर्थात् सम्पूर्ण प्राणीहरूको सुख र खुशीको लागि थियो । त्यो सत्य जानकारी वा सत्य सूचनामा चार आर्य सत्य, आर्य आठ मार्गहरू थिए । यो सत्य सूचना अहिलेको आधुनिक युगमा पनि मानव कल्याणको लागि उत्तिकै महत्वपूर्ण छ । बुद्धको दर्शनले सूचनालाई सत्यको खोजी र आत्मज्ञानको मार्गको रुपमा हेर्छ । यस दर्शनमा सूचनाको महत्वलाई निकै गहिराइमा हेरिएको छ ।

बौद्ध दर्शनमा अविद्या भनेको अज्ञानता हो । अविद्याको कारणले मानिसलाई दुःख हुन्छ । दुःख हटाउन मानिसले सूचना पाइरहेको हँुदैन । सत्य सूचनाको अभावमा वा गलत सूचनाका कारण दुःख र भ्रमको जालमा पर्छन् । मानिसले जब सही सूचना प्राप्त गर्छन् तब उनीहरूलाई साँचो बोध हुन्छ, जसलाई सम्यक दृष्टि भनिन्छ । यसरी सत्यको मार्गमा लाग्न प्रेरणा मिल्छ । अहिलेका ठूला ओहदामा बसेकादेखि साना मसिनासम्मका मानिसमा २४ घन्टामा धेरै पटक असत्य (बढाई–चढाई) बोल्ने बानी व्यहोराको बाध्यता छ त्यो हटेर जान्छ । किनकि असत्य सूचनाप्रति आफै घृणा जाग्छ ।

बुद्धको शिक्षा अनुसार मानिसको लागि असत्य र अहंकारको स्थानमा सत्य र विनम्रता हुनु आवश्यक छ । भ्रष्टाचार प्रायः असत्य, गलत सूचना र शक्ति दुरुपयोगको परिणाम हो । सत्य कार्यले भ्रष्टाचार शून्य हुन्छ । बुद्धले सत्य बोल्न, इमान्दार र न्यायमा आधारित जीवनयापन गर्न प्रोत्साहन गरेका थिए । बौद्ध दर्शनको सत्य र न्यायको महत्वले सूचना, लोकतन्त्र, भ्रष्टाचार नियन्त्रण र नागरिक अधिकारको रक्षामा गहिरो प्रभाव पार्न सक्छ । सूचनाको हकको सही उपयोगले समाजमा शान्ति र सुख स्थापना हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here