झापा ।
झापामा घरायसी विवादका कारण श्रीमतीले धारिलो हतियार प्रहार गरी श्रीमानलाई गम्भीर घाइते बनाएकी छन् ।
अर्जुनधारा नगरपालिका– २ खुदुनावारी घर भई हाल मेचीनगर नगरपालिका–६ जेसिका ठ्याकस्थित हरि श्रेष्ठको घरमा डेरा गरी बस्ने ३१ वर्षीय अमर लिम्बूलाई उनकी श्रीमती २८ वर्षीया सुमित्रा खत्री (लिम्बू)ले घरायसी विवादका कारण धारिलो हतियार प्रहार गरेकी हुन् ।
टाउको र हातमा हतियार प्रहारबाट घाइते भएका अमरलाई उपचारको लागि आम्दा अस्पताल धुलाबारी पठाइएको छ । घाइतेको अवस्था मध्यम रहेको र धारिलो हतियार प्रहार गर्ने उनकी श्रीमती सुमित्रालाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाले नियन्त्रणमा लिएको जनाइएको छ ।