झापा ।
झापाको मेचीनगरमा एक होटेलमा आगलागी भएको छ ।
मेचीनगर नगरपालिका १२ माईलाबारी टोलमा रहेको होटेल लिटल सेफ फास्टफुड क्याफेमा आगलागी भएको हो ।
दामोदर दाहालको दुई तले घरको तल्लो तल्लामा मेचीनगर १३ का प्रदीप लिम्बूले सञ्चालन गरेको होटेलमा इन्भर्टरको तार सर्ट भई अचानक आगलागी हुँदा फ्रिज एक थान, र्याक एक थान, विभिन्न ब्राण्डका रक्सीहरू, गल्लामा राखिएको नगद २५ हजार , इन्भर्टर एक थान, ब्याट्री दुई थान र क्याफे आंशिक रुपमा जल्दा अन्दाजी आठ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा आगो पूर्णरुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।