संखुवासभामा बलेरो गाडी दुर्घटना दुई जना घाइते

0
18

बिराटनगर,

संखुवासभाको मकालु -५ आम्राङबाट खाँदबारी आउदै गरेको ग १ ज ४९७३ नम्बरको बलेरो गाडी दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।

शुक्रबार बिहान करिव ७:३० बजे दुर्घटना हुँदा खाँदबारी आङ्लाका गाडी चालक कबिराज श्रेष्ठ र चैनपुर-५ घर भएका जीवन अधिकारी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रवक्ता राम कुमार लामिछानेले जानकारी दिए।

श्रेष्ठको अनुहार र टाउकोमा गहिरो चोट लागेर बेहोस अवस्थामा रहेका छन् भने अधिकारीको टाउको र शरीरमा चोट लागेको प्रहरीले जनाएको छ। नुम स्वास्थ्य चाैकिमा प्राथमिक उपचारपछि उनीहरुलाई वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रिफर गरिएको जनाएको छ ।

घटनाको जानकारी पाउने बित्तकै प्रहरी चौकी नुमबाट प्रहरी सहायक निरीक्षक टेक बहादुर श्रेष्ठको कमाण्डमा ४ जनाको टोलीले उद्धार गरेको थियो। गाडी सडकबाट करिव २ सय मिटर तल खसेको थियो। अहिले गाडी घटनास्थलमा नै रहेको प्रहरीले जनाएको छ। उक्त स्थान प्रहरी चौकी नुमबाट किलोमिटर दक्षिणमा पर्दछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here