एसएस निकेतन माविको ४१ औं अभिभावक दिवस सम्पन्न

0
15

भद्रपुर ।

भद्रपुर–८ स्थित एसएस निकेतन अङ्ग्रेजी माविको ४१ औं अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह विविध कार्यक्रम गरी मनाएको छ ।

विद्यालय प्राङ्गणमा बिहीबार आयोजित कार्यक्रमको उद्घाटन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद उप्रेतीले गरेका थिए ।

विद्यालयका प्रिन्सिपल राज झाको अध्यक्षतामा भएको कार्यक्रममा एसइई परीक्षण २०८० मा उत्कृष्ट नतिजा ल्याउने चार जना विद्यार्थीलाई नगदसहित पुरस्कृत गरिएको थियो । त्यस्तै नर्सरीदेखि कक्षा ९ सम्मका प्रथम, द्वितीय तथा तृतीय हुने विद्यार्थीहरूलाई समेत पुरस्कृत गरिएको थियो ।

उल्लेखनिय अभिभावकहरूको उपस्थिति रहेको कार्यक्रममा नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थीहरूले सामूहिक नृत्य, एकल नृत्य, गायन, नाटक, कविता वाचन, फेशन सो लगायत प्रस्तुत गरेका थिए । कार्यक्रममा भव्य बनाउने विद्यालयका शिक्षकहरूले पनि सामूहिक नृत्य प्रस्तुत गरेको जनाइएको छ ।

स्वागत मन्तव्य सुजता उप्रेतीले राखेकी कार्यक्रममा डम्बरबहादुर कुवर, विष्णुमाया पोखरेल, रञ्जना खडका लगायतको उपस्थिति रहेको शिक्षक सोम थापाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here