प्रयागराजमा बिर्तामोडका कृष्ण सम्मानित

0
1519

बिर्तामोड ।

झापााको बिर्तामोडका युवा ब्यवसायी कृष्ण अग्रवाल भारतमा सम्मानित भएका छन् ।

माघ १ गते बाट भारतको प्रयागराजमा जाारी कुम्भ मेलामा पुगेका अग्रवााललाई गौ संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै सम्मान गरिएको हो । ४९ दिनसम्म चल्ने यो मेलाको समापन मार्च ४ मा हुने बताइएको छ । यो वर्षको कुम्भ मेलामा लगभग १२ करोड मानिसहरु आउने सम्भावना रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएकका छन् ।

कुम्भमा हिन्दू तीर्थयात्रीहरु गंगा, यमुना र पौराणिक नदी सरस्वतीको संगममा जम्मा हुने गरेका छन् । अग्रवालले नेपालमा गौ हत्याको विरोधका साथै गौ माताको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै सम्मान गरिएको हो ।

ज्योतिष्पीठाधीश्वर जगदगुरु शंकराचार्य स्वामीश्री अविमुक्तेश्वरानन्दःसरस्वती महाराज १००८ द्वारा अग्रवाल सम्मानित भएका हुन् । उनले गौ हत्या रोक्न तथा गौ माताकाो संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै अग्रवाललाई सम्मान गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here