लालिगुराँस इङ्लिस एकेडेमीमा सरस्वती पूजा तथा अक्षरारम्भ गर्नेको घुइँचो

0
27

योगेन्द्र योगी
बिराटनगर,

आज माघ शुक्लपञ्चमी अर्थात श्रीपञ्चमी ।आज श्रीपञ्चमी अर्थात् सरस्वती पूजा । देशभरका सरस्वती मन्दिरमा पूजाअर्चना गरेर मनाइएको छ । हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमीमा देशभर विद्याकी देवी सरस्वरीको पूजाआज गरी मनाइन्छ ।

वसन्त ऋतु शुरु भएसँगै यस पर्व आउने भएकाले वसन्त पञ्चमीको नामले समेत आजको दिनलाई पुकार्ने गरिन्छ । आज सरस्वतीको पूजा गर्दा बुद्धि, विवेक बढ्ने जनविश्वास रही आएको छ । आज देशभरका सरस्वती मन्दिरमा श्रद्धालुको भीड लाग्ने गरेको छ ।

कोशी प्रदेशका मोरङ,झापा सुनसरी लगायत अन्य जिल्लामा रहेका सरस्वतीका मठ,मन्दिरमा तथा बिद्यालयहरुमा पूजाआजा गर्न भक्तजन र विद्यार्थीको घुइँचो लागेको छ । विद्यालय पठाउने उमेर पुगेका बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन पनि रहेको छ । आजको दिनदेखि विद्यालय पठाउँदा ज्ञान र बुद्धि धेरै हुने जनविश्वास रही आएको छ ।

चन्द्रमाजस्तो गोरो वर्ण भएकी, हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागेश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, व्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले स्तुति गान गर्ने गर्दछन् । विद्या र सिर्जनाकी देवी भएकाले सबैले आफ्नोआफ्नो घरमा पनि देवी सरस्वतीको फोटोमा पूजा गर्ने चलन छ ।

सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा पनि पुज्ने गर्दछन् । यहिँ क्रममा मोरङको सुन्दरहरैचा नगरपालिका ६ मा रहेको लालिगुराँस इङ्लिस एकेडेमीले पनि सरस्वती पूजा धुमधामसंग मनाएको छ। आज सरस्वती पूजाको दिन नया भर्ना हुने नानीबाबुहरुलाई भौतिक साधन बाहेक अरु सबै छुट रहेको लालिगुराँस इङ्लिस एकेडेमीका प्रिन्सिपल दिपक सुब्बाले जानकारी दिए।

२०५० सालमा स्थापना भएको यस बिद्यालय त्यो बेला सानो बिरुवा मात्र रोपेको र अहिले ठूला भएर ६ सय भन्दा बढी पढाउन सक्ने क्षमताको भएको बताउदै उनले आफूले सपनामा पनि ती साना-साना कलिला नानीबाबुहरुलाई देख्ने गरेको बताए।

आफू विगत २६ बर्ष देखि यस एकेडेमीमा प्रिन्सिपलको रुपमा कार्यरत रहेको र आगामी दिनहरुमा पनि हाम्रा अबिभावकहरुको सुझाव अनुसार नै अगाडी बढ्ने प्रतिबद्धता समेत उनले ब्यक्त गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here