बदलिँदो समाज र मान्यताको द्वन्द्व
मानिस सधैँ परिवर्तनशील छ र समाज पनि निरन्तर गतिशीलतामा रहन्छ । पछिल्लो दशक विज्ञान र प्रविधिमा अभूतपूर्व परिवर्तनहरू देखा परिसकेका छन् । जसले सामाजिक संरचना, उत्पादन प्रणाली र आर्थिक सम्बन्धहरूमा धेरै ठूला परिवर्तन ल्याएका छन् । स्टिम इञ्जिनबाट शुरू भएको औद्योगिक क्रान्ति फ्युल इञ्जिन हुँदै नानो–प्रविधिसम्म आइपुगेको छ, जसले मानव सभ्यतालाई नयाँ चरणमा पु¥याएको हो । यतिबेला मानव सभ्यता नै नयाँ चरणमा प्रवेश गर्ने संक्रमणकालिन समय हो ।
क्वान्टम मेकानिक्स र कृत्रिम बुद्धिमत्ता (AI)को तीव्र विकासले औद्योगिक उत्पादनलाई नयाँ उचाइमा पु¥याएको छ । उत्पादनका साधन, उत्पादक शक्ति र उत्पादन सम्बन्धमा आएका परिवर्तनहरूले विद्यमान अर्थ व्यवस्थालाई पुनःपरिभाषित गर्नुपर्ने माग गरेको छ । माक्र्सवादी भौतिकवाद अनुसार, आर्थिक गतिविधिको चरित्र अनुसार मानिसको चेतना निर्धारण हुने गर्छ । यिनै ठूला–ठूला हेरफेरका कारण, मानिसको चेतना अहिले हिजोको ठाउँमा छैन यो नितान्त नयाँ र भिन्न बन्दै गएको छ र अस्तित्वमा रहेका कुनै पनि पुराना मान्यताहरूले सन्तुष्टि दिन नसक्ने अवस्थामा समाज आइपुगेको छ । जसकारण यो समयको समाज पुराना मान्यताबिरुद्ध बगावत गर्दैछ ।
पुराना राजनीतिक मान्यता र वर्तमान संकट
नेपालमा प्रमुख राजनीतिक दलहरू अझै पनि पुराना सिद्धान्तहरू कै वरिपरि चक्कर काट्न विवश छन् । नेपाली कांग्रेस २०१२ सालमा वीपी कोइरालाले प्रस्ताव गरेको प्रजातान्त्रिक समाजवादलाई आधार मानेर त्यो समयको आँखाले वर्तमान समयलाई हेर्दै अघि बढिरहेको छ । नेकपा (एमाले) अहिलेसम्म मदन भण्डारीले प्रतिपादन गरेको ४०–५० को दशकको जनताको बहुदलीय जनवाद (जबज)को मार्गचित्रलाई पछ्याइरहेको छ । नेकपा (माओवादी केन्द्र) प्रचण्डले ५०–६० को दशकमा प्रतिपादन गरेको जनयुद्धका दस्तावेजहरूलाई नै आधार मानेर अगाडि बढिरहेको सन्दर्भ छ ।
वर्तमान विश्व, विज्ञान प्राविधि, उत्पादक शक्ति, उत्पादन सम्बन्ध र यसको आधारमा पैदा भएका विभिन्न आयामहरुको गहिरो खोज अनुसन्धान जरुरी भएको यो समय समाजलाई डोहो¥याउने राजनीतिक दल, नेता र उनिहरुको कार्यसूचीभित्र खोज, अनुसन्धानका विषयहरु कहिलै नपर्नु दुःखद् मात्र होइन उनीहरु यो दुनियाँका सबैभन्दा अल्छे मानिसहरु हुन भन्ने पुष्टि गर्दछ । यस्ता अल्छिहरुबाट समाज रुपान्तरणको अपेक्षा गर्नु सान्दर्भिक हुँदैन । यी पुराना मान्यताहरू नयाँ युगका लागि अपूर्ण छन् र अपूरा सावित भइरहेका छन् । पुराना मान्यता र समाजको नयाँ चेतनाको बीच पैदा भएको अन्तरबिरोधले पुराना सबै दलहरुमा विघटन देखापरेको छ ।
दलहरूले पार्टीलाई प्राविधिक ढंगले टिकाए पनि वा सुधार गर्न कोशिस गरे पनि तिनको वैचारिक पुनर्जागरण हुन नसक्दा ती शक्तिहरु पतन वा विघटनको संघारमा छन् । पुराना सिद्धान्तहरूमा अडिएका हरेक संरचना ढल्ने निश्चित छ, किनभने इतिहासले देखाएको छ कि जो परिवर्तनशील हुँदैन, उसको पतन हुन्छ नै । र, नेपालमा पुराना भनिने दलहरुको पनि पतन वा विघटन अब निश्चित जस्तै देखिन्छ । यो कसैको विरप्पनले थेग्ने, थेगिने कुरा होइन ।
नयाँ भाष्यभित्रको भ्रम र यथार्थ
यिनै विशेषताको कारण नयाँ मान्यता खोज्न समाज तल्लिन छ । नयाँ खोजिरहेको समाजले दलाल पँुजीवादी अर्थ प्रणाली र यसको सहयोगमा टिकेको सत्ताको विघटनसँगै साम्राज्यवाद र उत्पीडित राष्ट्रहरु बीचको अन्तरबिरोधको समाधान खोजिरहेको छ । भाषा, साहित्य वा पदावलीको बुझाइको दृष्टिले कतिपय जनताले आफुले के खोजिरहेको छु भन्ने सहजै थाहा नपाए पनि उनीहरु नयाँ मान्यतासहितको समाज खोजिरहेका छन्, र यो समाधान समाजवाद हो । समाजवाद भन्ने पदावली नेपालमा लोकप्रिय भए पनि यसबिरुद्ध लक्षित अनेकौं षड्यन्त्रले जनतालाई भ्रमित गर्ने कार्य गरिरहेको छ ।
यसरी नयाँ मान्यतासहितको समाजको खोजी गरिरहेका जनतालाई नयाँ अनुहार प्रस्तुत गरेर भ्रमित गर्ने प्रयत्न भइरहेको छ । यस्ता अनुहारहरु आर्थिक प्रणालीको रुपान्तरणको कुरा गर्दैनन्, उनीहरुको तर्कमा व्यवस्था यही ठिक छ, अवस्था बदल्नुपर्छ भन्ने तर्क रहेको छ । तर, नेपालमा विकसित घटनाक्रम र यस्ता अनुहारका रवैयाको कारण यस्ता तर्कहरु पनि सबैले बुझ्ने स्तरमा असफल भैसक्यो । अहिले फेरि नयाँ अनुहार थपिने क्रममा छन्, उनीहरु गैर कम्युनिष्ट र देशभक्त पार्टी निर्माण गर्ने चर्चा गरिरहेका छन् । जनतालाई समाजवादमा जानबाट रोक्ने उद्देश्यले साम्राज्यवाद विभिन्न योजनाका साथ समाजवादी आन्दोलनबिरुद्ध हमलामा उत्रिएको छ । यस्ता भ्रमबाट समाजलाइ बचाउन र अगाडि बढाउने नेतृत्व नयाँ मान्यता प्रस्तुत गर्ने शक्तिले मात्र गर्न सक्छ– त्यो शक्ति नेकपा हो ।
नयाँ मान्यताको खोजी र नेकपाको भूमिका
नेपालको क्रान्तिकारी आन्दोलनमा पछौटेपनबिरुद्ध नेकपा (नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी) निरन्तर संघर्षरत् छ । समाजलाई बुझ्ने दृष्टिकोणलाई वैज्ञानिक आधारमा पुनःसंरचना गर्दै नेकपाले आधुनिक भौतिकशास्त्र र समाजशास्त्रलाई एकीकृत गर्दै नयाँ सिद्धान्त र मान्यताहरूको विकास गरिरहेको छ ।
नेकपाले अनिश्चिय, सम्भावना, रक्षा र रूपान्तरण जस्ता वैज्ञानिक अवधारणाहरूलाई समाजको अध्ययनमा समाहित गरेको छ । नेकपाले आफ्नै जीवनमा अनुसन्धान गरेका मौलिक बिषयहरुलाई शुत्रबद्ध गर्न उपयुक्त पदावलीसहित विचार शंस्लेषणको तयारी समेत गरेको छ । यो अवधारणा आधुनिक भौतिकशास्त्रको सिद्धान्तसँग अनुरुप रहेको छ । आजको समयमा उभिएर हामिले भौतिक शास्त्रले विकास गरेका मान्यताको आधारमा समाजलाई हेर्ने दृष्टिकोणको विकास गर्न सक्नु पर्दछ त्यो नेकपाले गरेको छ ।
स्टिम इञ्जिन युग (१७औं–१९औं शताब्दी)— उत्पादनका साधनहरूको औद्योगीकरण । फ्युल इञ्जिन युग (१९औं–२०औं शताब्दी)—विश्वव्यापी पुँजीवादको विस्तार । नानो टेक्नोलोजी युग (२१औं शताब्दी)— सूचना प्रविधि, जैविक विज्ञान र क्वान्टम मेकानिक्समा क्रान्ति । यसले उत्पादक शक्ति, उत्पादन सम्बन्ध, अर्थ सम्बन्धमा नयाँ आयामहरु देखापरेका छन् । मान्छेको चेत नयाँ भएको छ । नयाँ चेतले नयाँ मान्यताको खोजी गरेको छ । अब पुँजीवाद नयाँ मान्यता होइन, विश्वभरिका जनताहरुको मनबाट अश्विकृत, युद्ध, शोषण र दमन थेपर्ने फोहोर हो । त्यसैले २१औं सताब्दी पुँजीवादको शताब्दी होइन ।
यो शताब्दीमा बिकास भएका र विकास हुँदै गरेका विज्ञान प्रविधि र मानिसको चेतनालाई पुँजीवादको भ्रम र षड्यन्त्रले जति नै कोशिस गरे पनि आफ्नो पक्षमा अड्याउन सक्दैन । यो समाजवादी क्रान्तिको शताब्दी हो । यो समयको समाजको चेतना पुराना मान्यताबिरुद्ध छ । नयाँ मान्यतासहित आफ्ना कार्यक्रमलाई जनतामाझ लगिरहेको नेकपा नै अबको समयको नेतृत्वदायी शक्ति बन्ने निश्चित छ । यो तर्कमात्र होइन नेकपाका महासचिव विप्लव सीको नेतृत्वमा अनुसन्धान भएका तथ्यहरुले पुष्टि गर्ने विषयहरु हुन् ।
क्वान्टम भौतिकशास्त्र ज्भष्कभलदभचनु ग्लअभचतबष्लतथ एचष्लअष्उभि ले दिशानिर्देश गरेको छ कि कुनै पनि कणको स्थान र वेग एकै समयमा ठिकसँग मापन गर्न सकिँदैन । अर्थात् संसार निश्चित छैन, त्यसैले समाजलाई बुझ्न पनि निश्चित मापदण्डमा मात्र सीमित रहन सकिँदैन । नेकपाले आफ्नो नवौं महाधिवेशनमा– अनिश्चय, सम्भावना, रक्षा र रुपान्तरण, समाज विकासका नवीन विशेषताहरु, भौतिक विज्ञानमा भएका नयाँ अनुसन्धानहरु, एकीकृत स्वामित्व प्रणाली, वैज्ञानिक समाजवाद र जनमत, पार्टीको तथ्यद्वारा रुपान्तरण, भुमण्डलीकृत पुँजीवादबारे, कम्युनिष्ट अन्तराष्ट्रियबारे जस्ता एकदमै महŒवपूर्ण विषयहरुमा वैचारिक संश्लेषणहरु गरेको छ । यिनै संश्लेषणभित्र आगामी युगको झलक प्राप्त गर्न सकिन्छ ।
नयाँ आर्थिक दृष्टिकोण :
समाजवादको अभ्यास भएका मुलुकहरु रूस–केन्द्रीकृत योजना असफल हुँदै नोकरशाहीकरण । चीन–सन् १९७८ पछि बजारमुखी अर्थतन्त्रमा रुपान्तरण । पूर्वी युरोप–पश्चिमी पुँजीवादको सामरिक, आर्थिक र प्रचारात्मक हमलाबाट पराजय आदि जस्ता समाजवादी सत्तामा देखापरेका संकट साथै असफलता र ‘इतिहासको अन्त्य’ भन्दै हौसिएको लुटेरा पुुँजीवादको घिनौला हर्कतहरु र पुँजीवादी व्यवस्थामा पैदा भएका देखिएका संकटबाट पाठ सिक्दै नेकपाले नयाँ आर्थिक अवधारणा अगाडि सारेको छ । यसलाई ल्भध भ्अयलयmथ त्चबअप (ल्भ्त्) भनिएको छ, जसमा निम्न आधारभूत तत्व समावेश छन्–
एकीकृत स्वामित्व : उत्पादनका साधनहरू निजी पुँजीपति वा राज्यको हातमा मात्र सीमित नराखी समाजको हितमा परिचालित हुने ।
सामुहिक उत्पादन : उत्पादन प्रणालीलाई सामाजिक स्वामित्व र सहयोगात्मक ढाँचामा आधारित गराउने ।
व्यक्तिगत उत्तरदायित्व : सामुहिक प्रणालीमा व्यक्ति विशेषको योगदान र उत्तरदायित्व सुनिश्चित गराउने ।
यो अवधारणा चिनियाँ समाजवाद, सोभियत अर्थतन्त्र, क्युबाली उत्पादन प्रणाली जस्ता पुराना प्रयोगहरूको समेत अध्यन, नेपालमा पैदा भएका विविध आयाम र विशेषताको अध्ययन र नेपाली मौलिकताको समाजवाद विकासको निम्ति गरिएका पछिल्ला खोज अनुसन्धान र नेकपाले यिनै तथ्यहरुको आधारमा गरेको अध्ययन, अनुसन्धान, प्रयोग र प्रमाणित तथ्यहरुको मूल्यलाई नयाँ आर्थिक मार्गको रुपमा संश्लेषण गरिएको छ । यही नीतिले नेपालको आगामी भविष्यको उज्वलता सुनिश्चित गर्नेछ । त्यो अहिलेलाई नेपाली विशेषताको समाजवाद हो ।
व्यवहारिक कार्यनीति र नेकपाको लक्ष्य
नेकपाले सैद्धान्तिक अवधारणालाई व्यावहारिकरूपमा प्रयोग गर्दै विभिन्न कार्यनीति अघि सारेको छ । नेकपाको नवौं महाधिवेशनले दुई वा दुईभन्दा बढि कार्यनीतिहरु एकै पटक प्रयोग गर्न सकिने नीति लियो । अमेरिकी साम्राज्यवाद र नेपाली जनताबीचको अन्तरविरोध नै मुख्य अन्तरविरोध हो भन्ने निष्कर्ष निकालेको नेकपाले साम्राज्यवाद सम्पूर्ण मोर्चाबाट श्रमिक जनता, उत्पीडित राष्ट्र, समाजवाद र क्रान्तिकारी कम्युनिष्ट आन्दोलनबिरुद्ध आएको छ त्यसकारण कम्युनिष्ट पार्टीले पनि सबै मोर्चाबाट लड्न जरुरी छ भन्ने निष्कर्ष निकालेको छ ।
त्यसैले, खुला मोर्चा : आगामी निर्वाचनमा भाग लिने निर्णय । २०८४ को निर्वाचनमा आफ्नो दललाई निर्वाचन आयोगमा दर्ता गराएरै सहभागी हुने निर्णय नेकपाले लिएको छ । यसले वर्तमान सत्ताबिरुद्ध शान्तिपूर्ण संघर्षको मोर्चा खोजिरहेको मध्यम वर्गीय समाजलाई समाजवादी क्रान्तिमा आउन सहजीकरण गर्नेछ ।
सडक संघर्ष ः राष्ट्रिय स्वाधिनताको रक्षाको निम्ति संघर्ष गर्दै, जनताका समस्याहरु, भ्रष्टाचार, बेथीति, अराजकता, सड्यन्त्र र भ्रमबिरुद्ध सशक्त संघर्षको सिर्जना गर्दै जनताको सहभागिता बढाउने ।
उत्पादन प्रवद्र्धन ः समाजवादी उत्पादन प्रणालीको अभ्यास गर्दै वस्तु तथा सेवा उत्पादनमा आत्मनिर्भरता ल्याउने ।
अन्तर्राष्ट्रिय कुटनीति ः नेपाललाई सन्तुलित र स्वाधीन नीति अपनाउन प्रेरित गर्ने । विश्व व्यवस्थामा देखापरेको धु्रवीकरण र यसको नेपाल प्रभावलाई ध्यानमा राखेर नेपालमा समाजवादी सत्ता स्थापनाको निम्ति अनुकूलता सृजना गर्न साम्राज्यवाद विरोधी धारासँग सहकार्य गर्ने । जस्ता दुरगामी महŒवका कार्यक्रमहरु नेकपाले विकास गरिरहेको छ ।
नेपालमा क्रान्तिकारी नेतृत्वको आवश्यकता
नेपालमा नेताहरूको चरित्र, इमानदारिता, र संघर्षशीलता हेर्दा नेत्रविक्रम चन्द ‘विप्लव’ नै एकमात्र सशक्त, निस्कलंक, इमानदार, देशभक्त र वैज्ञानिक दृष्टिकोण राख्ने क्रान्तिकारी नेता भएको तुलनात्मक रुपमा पुष्टि हुँदै गएको छ । विप्लव व्यक्तित्व नेपाली जनताहरुको बीचमा सर्वस्वीकार्य व्यक्तित्व बनेको सन्दर्भ छ । नेकपाको नवीन दृष्टिकोण, संगठनको अनुशासन, आर्थिक सिद्धान्त र क्रान्तिकारी कार्यशैलीका कारण नेपालको आगामी समाजवादी क्रान्तिको नेतृत्व नेकपाले लिने निश्चित छ । र विद्यमान नेपालको अवस्था हेर्दा एक प्रकारको नेतृत्व विहीनतामा देश रुमल्लिरहेको तथ्यहरु सम्मुख छन् । यस्तो अवस्थामा देशकै शासकीय नेतृत्व कमरेड विप्लवले लिनुपर्ने देखिन्छ ।
समाजले खोजेको नयाँ मान्यता, दलाल पुँजीवादी सत्ताको विघटन, नेपाली विशेषताको समाजवाद स्थापनाको प्रश्न र पुँजीवादी विश्व व्यवस्थामा नै देखापरेको भयानक विघटनको अवस्थाले विश्वलाई नै समाजवादमा जानको निम्ति नवीन नेतृत्व खड्किने सन्दर्भमा नेपालले उक्त कार्यभार पूरा गर्नुपर्ने हुन सक्छ । नेकपाले पछिल्लो समयमा गरेका विचार संश्लेषणहरु र यसले विश्व कम्युनिष्ट आन्दोलनमा पार्ने प्रभावहरुको आधारमा नेकपा महासचिव विप्लव व्यक्तित्व नै नेपालको निम्ति राष्ट्रिय, अन्तर्राष्ट्रिय पहलकर्ता वा नेता हुने कुरा निश्चित छ ।
निष्कर्ष
समाज परिवर्तनको यो चरणमा पुराना मान्यताहरूले काम नगर्ने भएको छ । वैज्ञानिक सिद्धान्त र समाजशास्त्रको नयाँ बुझाइ अनुसार नेपाललाई अगाडि बढाउन नेकपाले नयाँ बाटो कोरेको छ । आधुनिक विज्ञान, विशेषगरी क्वान्टम भौतिकशास्त्र र कृत्रिम बुद्धिमत्ताको प्रभावलाई सामाजिक अध्ययनमा लागू गर्ने नेकपाको दृष्टिकोण निकट भविष्यमा विश्वव्यापीरुपमा महत्वपूर्ण बन्नेछ । यस आधारमा नेकपाले अगाडि सारेको मोडेल, चुनावी खुल्ला मोर्चा, सडक संघर्ष, र उत्पादनको पुनःसंरचना जस्ता योजनाले नेपाललाई क्रान्तिकारी दिशातर्फ लैजाने निश्चित देखिन्छ ।
यसले नेपालमा नेपाली विशेषताको समाजवादलाई सुनिश्चित गर्ने छ । नयाँ मान्यता खोजिरहेको संक्रमणकालीन यो समय युग पर्वतकको चेतबाट आफूलाई परिस्कृत गर्न नसक्ने अल्छे ल्वाँठहरुको विघटन मात्र होइन पतन निश्चित छ । साथै नेपाल जस्तो समाजवाद चाहने र देशलाई माया गर्ने जनताहरुको बाहुल्यता रहेको देशमा नयाँ अनुहार झुल्किरहेका भ्रमका बेलुनहरु पनि फुट्ने छन् । त्यसैले अबको समय नेकपा र नेपाली विशेषताको समय हो ।