झापा ।
झापाका छुट्टा–छुट्टै स्थानबाट लागूऔषधसहित तीनजना पक्राउ परेका छन् ।
अर्जुनधारा नगरपालिका–११ स्थित अस्थाई प्रहरी बिट बसपार्कबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा– ११ बस्ने अन्दाजी २९ वर्षीय मनिष प्रधान र सोही ठाउँका अन्दाजी ४० वर्षीय बिरेन उराउलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट प्लास्टिकसहित ३ ग्राम १३० मिलिग्राम ब्राउनसुगर फेला परेको प्रहरीले जनाएको छ ।
त्यस्तै झापा गाउँपालिका– ४ टाघनडुब्बामा ब्राउनसुगरसहित एकजना पक्राउ परेका छन् । भारतबाट नेपालतर्फ आउँदैं गरेका मोरङ पथरी शनिश्चरे ८ बस्ने २४ वर्षीय दिपिन माझी प्लास्टिकबाहेक एक ग्राम ६२ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेका हुन् ।