पूर्वाञ्चलकर्मी दहाल सहित ३ जना सञ्चारकर्मी सम्मानित

0
116

इलाम , इलाम जिल्ला स्तरीय १५ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न गर्नका लागि अहम भूमिका निर्वाह गरेको भन्दै पूर्वाञ्चल दैनिकका इलाम संवाददाता बिमल दाहाल सहित तीनजना पत्रकारलाई आईतवार सम्मान गरिएको छ।

स्थानीय सञ्चार संयोजकको रुपमा रही समाचार सम्प्रेषणमा उल्लेखनीय भूमिका निर्वाह गरिएको र विभिन्न संचार माध्यमबाट प्रचारप्रसार गरी पुर्‍याउनु भएको योगदानको उच्च मूल्याङ्कन गर्दै पूर्वाञ्चलकर्मी दहाल सहित गोरखापत्रका सम्बाददाता पत्रकार प्रेम अधिकारी र राजधानी दैनिकका सम्वाददाता पत्रकार भगीरथ भण्डारीलाई सम्मानपत्र, नगद र दोसल्ला ओडाएर सम्मान गरिएको हो।

जिल्ला खेलकुद विकास समिति इलामको आयोजना र माई नगरपालिकाको व्यवस्थापनमा सम्पन्न जिल्ला स्तरीय राष्ट्रपति रनिङशील प्रतियोगिता २०८१ को अवसरमा कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राम राना, खानेपानी तथा जलस्रोत मन्त्री एकराज कार्की, प्रदेश सभा सदस्य शमशेर राई, माई नगरपालिका प्रमुख खम्बासिंह लिम्बु, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष खगेन्द्र खगेन्द्र बास्तोला लगायतले सम्मान गर्नुभएको थियो। राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता फागुन ४, ५ र ६ गते माई नगरपालिकाको सितली खेलमैदानमा सञ्चालन हुदैछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here