बुट्टाबारी।
आइतमाया थेवे स्मृति प्रतिष्ठान मेचीनगर–१३ चारआलीले वर्ष उत्कृष्ट विद्यालयको रुपमा जुनकिरी सार्वजनिक आधारभूत विद्यालय अर्जुनधारा–११ लाई नगदसहित प्रशंसा पत्रद्वारा सम्मान गरेको छ ।
कार्यक्रममा थेवे परिवारले आफ्नी आमाको स्मृतिमा २०६८ सालमा प्रतिष्ठान स्थापना गरी समाजमा अनुकरणीय कार्य गर्ने व्यक्ति एवम् संघ–संस्थालाई प्रत्येक बर्ष नगदसहित प्रशंसा पत्रले सम्मान गर्दै आएको छ ।
यस वर्ष बन्दी सहायता नेपालले स्थापना गरेको जुनकिरी सार्वजनिक आधारभूत विद्यालयलाई बन्दी गृहमा रहेको कैदी बन्दीसँग आश्रित बालबालिका र स्थानीय समुदायका अति विपन्न बालबालिकाहरु आवाससहित शिक्षा दिइरहेको भन्दै नगद २५ हजार एक सय २५ रुपैयाँको चेक तथा प्रशंसा पत्र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् संस्थापक जगतबहादुर मगर र प्रधानाध्यापक रञ्जित परियारलाई हस्तान्तरण गरेको थियो ।
कार्यक्रमकी प्रमुख अतिथि उपसभामुख इन्दिरा राना मगर प्रतिष्ठानले विद्यालयको गरिमालाइ उच्च बनाउँदै विद्यालय व्यवस्थापन समिति, अभिभावक र शिक्षक, विद्यार्थीलाई सम्मान गरेको भन्दै खुशी व्यक्र गरिन् । अबका बालबालिकाहरुले गरिबीको कारण शिक्षाबाट वञ्चित हुन नपरोस् भन्दै थेवे परिवारले बार्षिक रुपमा प्रत्येक वर्ष कार्यक्रम गरी सहयोग गर्दै आएको भन्दै प्रशंसा गरिन् ।
कार्यक्रममा विद्यालय परिवारको योगदानको कदर भएको भन्दै अग्रज पत्रकार एवम् साहित्यकार कञ्चनजङ्गा एफ एमका प्रवन्ध निर्देशक चन्द्र भण्डारी (पूर्व सम्मानित), बिशिष्ट अतिथि अर्जुनधारा नगर प्रमुख बलदेव गोम्देन, कवि मुनाराज शेर्मा साथै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् संस्थापक जगतबहादुर मगर लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा बाल सुबोधिन माद्यामिक बिद्यालय मेचिनगरकी छात्रा नम्रता खड्का, शहीद दशरथ चन्द माविका छात्र सोमप्रसाद पौडेल, प्रतिष्ठानका संरक्षक अर्जुन थेवे, उमा श्रेष्ठ लगायतले आमा शिर्षकमा मनस्पर्स कविता बाचन गर्न गरेका थिए ।
कार्यक्रममा पूर्व सम्मानित व्यक्ति पुष्पा घिमिरे, नेत्रप्रसाद न्यौपाने, मुनाराज शेर्मा, विश्व थापा, फुलमाया धिमाल, निला भट्टराई लगायत बिर्तामोड– ६ का अध्यक्ष सूर्यप्रसाद कन्दङ्गवा, शिक्षासेवी हस्त परियार, मातृ विद्यालय महारानीगञ्ज माविका प्रधानाध्यापक मनबहादुर लिम्बू, सरस्वती मावि बिर्तामोड–६ बुटाबारीका प्रधानाध्यापक दिपक लुइँटेल, शहीद दशरथ चन्द माविका प्रधानाध्यापक लेखनाथ पौडेल (केशव), जनप्रतिनिधि सुशिला गिरी, केशव अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा स्वर्गीय आमा आइतमाया थेवेको जीवनी प्रतिष्ठानका सचिव डिल्लीराम भण्डारीले प्रस्तुत गरेका थिए भने प्रतिष्ठानका उपाध्यक्ष विश्व थापाले स्वागत मन्तव्य एवम् जुनकिरी विद्यालयका छात्रा विद्यार्थीले नृत्यद्वारा स्वागत गरेका थिए ।
प्रतिष्ठानका अध्यक्ष एवम् संरक्षक लालबहादुर थेवेको अध्यक्षतामा सञ्चालित कार्यक्रमको सहजीकरण महासचिव मोहन अधिकारीले गरेका थिए ।