इलाम ।
वन संरक्षणका लागि सरोकारवालाहरूको समन्वयात्मक बैठक माईको सुखानी सब डिभिजनमा बुधबार सम्पन्न भएको छ।
डिभिजन वन कार्यालय इलाम र सबडिभिजन वन कार्यालय सुखानी माई इलामको संयुक्त आयोजनामा प्रदेश वन विकास तथा व्यवस्थापन कार्यक्रम सम्पन्न भएको हो। जनप्रतिनिधि, वन कर्मचारी, सुरक्षा निकायका प्रतिनिधि, पत्रकार सामुदायिक वनका पदाधिकारी, उपभोक्ता लगायत सरोकारवालाहरूको सहभागितामा बैठक सम्पन्न भएको थियो। बैठकमा सब डिभिजन कार्यालय सुखानी प्रमुख मनिषा कार्कीले सरोकारवालाहरू बीचको समन्वयमा वन जंगल संरक्षण तथा चोरी पैठारी, वन डढेलो नियन्त्रण सफल बन्ने बताउनुभयो।
जनप्रतिनिधि वन कर्मचारी सुरक्षाकर्मी पत्रकार लगायत को सहभागिता रहेको कार्यक्रममा प्रमुख अतिथि माई नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष रामबहादुर राईले वनको विनाश गर्ने व्यक्तिहरूको गोप्य सूचना प्राप्त गर्ने संयन्त्र निर्माण गर्नुपर्नेमा जोड दिनुभयो। वडा अध्यक्ष राईले चोरी हुने सडकमा सिसी क्यामेरा जडान र सचेतना कार्यक्रम सञ्चालन गर्न सके वन संरक्षण गर्न सहयोग पुग्ने बताउनुभयो। माई नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष अमृत मोक्तानले माई १,६,७,८ वडामा विगतमा काठ तस्करी रहँदै आएको, सामुदायिक वनको प्रमुख समस्या चोरी पैठारी रहेको भएपनि हाल नियन्त्रणको अवस्थामा रहेको धारणा राख्नुभयो।
सामुदायिक वन उपभोक्ता महासङ्घ माईका अध्यक्ष एवं दाहालटार सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष देवी नेपालले जीवन बाँच्नका लागि चाहिने वनजंगल संरक्षण आवश्यक रहेको बताउनु हुदै संरक्षणको पाटोमा सुरक्षा निकाय, वन कार्यालय, सामुदायिक वन, उपभोक्ता समूह, पत्रकार लगायतको समन्वय महत्वपूर्ण रहने र वन संरक्षण सफल हुने बताउनुभयो ।
सुखानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष मङ्गलसिंह लिम्बुले सामुदायिक वनका सदस्य चोर पनि प्रहरी पनि रहने गरेकाले समस्या रहेको बताउँदै हामी प्रहरी बन्न सके वन संरक्षण हुने बताउनुभयो। वन विनास, वन डडेलो नियन्त्रणका लागि उपभोक्तालाई प्रभावकारी ढंगबाट अगाडि बढ्न आग्रह गर्नु भयो।
सुखानी सामुदायिक वन समुहको सभा हलमा सम्पन्न कार्यक्रममा लोदिया प्रहरी चौकी दानाबारीका प्रमुख सूर्य मोक्तानले सबै मिलेर कार्य गर्न सके वन विनाश नियन्त्रण गर्न सकिने बताउनु हुँदै प्रहरीको कामलाई पनि अरुले निगरानी गर्ने भएकाले सिमित स्रोत साधन प्रहरीले सफलता प्राप्त गर्दै रहेको जानकारी दिनुभयो। बहाँले चोरी गर्ने व्यक्तिको वैकल्पिक पेशा समेत निर्माण गर्न सरोकारवालाहरुलाई सुझाव दिनुभयो ।
पत्रकार बिमल दहालले लोभि-पापीहरू सामुदायिक वन समूहमा रहेको अवस्थामा वन विनास हुदै गरेको वताउनु हुदै वन जंगल संरक्षकस लागि वन संरक्षणका लागि पत्रकार लगायत सरोकार वालाहरूको समन्वयात्मक कार्य आवश्यक रहेको बताउनुभयो।
प्रदेश वन विकास तथा ब्यबस्थापन कार्यक्रम अन्तर्गत सव डिभिजन स्तरीय समन्वय बैठक सम्पन्न भएको छ । सबडिभिजन प्रमुख मनिषा कार्कीको अध्यक्षता र सामुदायिक वन उपभोक्ता महासंघ माईका अध्यक्ष देवी नेपालको सञ्चालनमा सम्पन्न बैठकमा माईका वडाध्यक्षहरु राम राई, अमृत मोक्तान तामाङ्ग, लोदिया प्रहरी चौकी दानाबारी इन्चार्ज प्रहरी नायव निरिक्षक सूर्य तामाङ्ग मोक्तान, शसस्त्र प्रहरी वेश क्याम्प दानाबारी इन्चार्ज प्रहरी नायब निरीक्षक मणि थाम्सुहाङ लिम्बू, खुदुनाबारी शसस्त्र प्रमुख प्रनानि भानुभक्त वि.क., अस्थायी प्रहरी चौकी खुदुनाबारी इञ्चार्ज प्रहरी सहायक निरीक्षक वेदकुमार अर्याल,सुखानी सामुदायिक वनका अध्यक्ष मङ्गलसिंह लिम्बू, सव डिभिजन कर्मचारी,पत्रकार लगायत स्थानिय वन समुहका उपभोक्ताहरुको सहभागिता रहेको थियो ।