सहकारी दिवसको अबसरमा साना किसानमा अन्तरक्रिया

0
110

इलाम ।

साना किसान महिला कृषि सहकारी संस्था लिमिटेड माई नगरपालिका- ४ इलामले ६८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा सहकारीको वर्तमान अवस्था चुनौती र समाधान सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

‘मर्यादित सहकारीः समुन्नत समाज’ भन्ने मूल नाराका साथ सम्पन्न कार्यक्रममा सहकारी संस्थाहरूलाई पारदर्शिता, उत्तरदायित्व तथा सुशासनका आधारमा मर्यादित र अनुशासित रुपमा सञ्चालन गरी मुलुकको समुन्नत समाज निर्माणमा योगदान गर्नुपर्ने सन्देश दिने गरि कार्यक्रम सम्पन्न गरिएको हो ।

अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि माई नगरपालिका प्रमुख प्रशासकीय अधिकृत चिरंजीवी भट्टराई ले नेपालको संविधान आर्थिक अर्थनीति अपनाएको बताउँदै त्यसमा एउटा खम्बा सहकारी रहेको र सहकारीको महत्व संवैधानिक कानुनी रुपमा रहेको उल्लेख गर्नुभयो । उहाँले संघीयता कार्यान्वयनसँगै संघ प्रदेश स्थानीय तहको साझा एकल सूचीमा समेत सहकार्य रहेको जानकारी दिनुहुँदै स्थानीय तहको अधिकार क्षेत्रभित्र रहेको सहकारीलाई योजनाबद्ध तरिकाले कसरी आगामी वढाउन आबश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ।

आयोजक संस्थाका अध्यक्ष कल्पना थापा मगरको अध्यक्षता तथा लेखा समिति सदस्य सिता भट्टराईको सन्चालनमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि माई नगरपालिका प्रमुख प्रशासकिय अधिकृत चिरन्जिवी भट्टराई , पुर्व मेयर दिपक कुमार थेवे, पूर्व उपमेयर विष्णुमाया आचार्य, सहकारीका व्यवस्थापक इन्द्र वहादुर रैका मगर(दिपक), नेकपा एमाले अध्यक्ष मुखराज आङ्देम्बे, नेपाली कांग्रेस डिल्लीमाया भट्टराई, नेकपा माओवादी माई अध्यक्ष भक्त वहादुर लुङ्गेली, माई ४ का वडा सदस्य महेन्द्र बुढाथोकी, समाजसेवी बुद्धिजिविहरु यदुनाथ दुलाल, नारायण दुलाल, गोविन्द सोताङ,पत्रकार विमल दाहाल लगायत मन्तव्य राख्नु भएको थियो। १४ बर्ष अघि स्थापित साना किसान महिला कृषि सहकारी संस्थामा १ हजार ५ सय महिला सदस्य आवद्ध रहेका छन् ।

नेपालमा सहकारी अभियानको औपचारिक थालनी वि.सं. २०१३ साल चैत २० गतेदेखि भएको मानिन्छ । सोही ऐतिहासिक दिनको स्मरण गर्दै प्रत्येक वर्ष चैत २० गतेलाई ‘राष्ट्रिय सहकारी दिवस’ का रूपमा मनाउने परम्परा रहिआएको छ । समाजमा सकारात्मक परिवर्तन ल्याउन, वित्तीय पहुँच विस्तार गर्न तथा आर्थिक समृद्धि प्रवद्र्धन गर्दै समुन्नत समाज निर्माणमा खेलको भूमिका उजागर गर्ने बर्षका रुपमा समेत दिवस मनाउने गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here