बिर्तामोडमा वाइसीएलद्वारा गाँजा बरामद

0
11

झापा, नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ्ग कम्युनिष्ट लिग नेपालले बिर्तामोडबाट गाँजा बरामद गरेको छ । गोप्य सुचनाका आधारमा वाइसीएल नेपालका १ नम्बर प्रदेश अध्यक्ष कुमार आचार्य नेतृत्वको टोलीले गाँजा बरामद गरेको हो ।

काठमाण्डौबाट काँकरभिट्टातर्फ आउँदै गरेको रात्री बसमा सुन तस्करी हुँदैछ भन्ने सुचनाका आधारमा गएको वाइसीएलको टोलीले बिर्तामोडको सिटी सेन्टर अगाडी उक्त बस रोकेको थियो । बस रोकेर प्रहरीलाई खबर गरेका उनीहरुले दुई जना भारतीय नागरिकसहित गाँजा बरामद गरेका हुन् ।

भारतीय नागरिकहरु ४६ बर्षीय इब्राहिम किथड र ३७ बर्षीया सनम सेठले ल्याएको दुई वटा सुटकेशबाट ३९ पोका गाँजा बरामद भएको छ । विदेशी कुरकुरे र लेजको प्याकेट भित्र छुट्टै प्याकेटमा ती गाँजाहरु प्याक गरिएको थियो ।

पक्राउ परेका उनीहरु केहिदिन अघि थाइल्याण्डबाट काठमाण्डौ आएको खुलेको छ ।

पक्राउ परेका उनीहरुलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here