यात्रा फगत दृष्यहरु हेर्नु र खाना खानु मात्र होइन । यात्रा गरिएका देशका संस्कृति, धर्म, चालचलन, भाषा, भेषभुषा, जीवनशैली, खानपान, राजनीति र विकासका आयामहरु पनि अवलोकन गर्ने गरिन्छ । यस्तो गरिनाले मात्र यात्राको मिठो अनुभूति संगाल्न सकिन्छ । यस्तो मिठो अनुभूति लिनका लागि यात्रीले भिजिट गरेका देशका भाषा जानेमा मात्र सम्भव हुनसक्छ । भाषा नबुझिनाले यात्रा खल्लो, निराशाजनक र उदास लाग्दो बनिदिन्छ । यात्रु या पर्यटकहरुका लागि सजिलै सञ्चार गर्नका लागि भाषा एक चुनौतिका रुपमा रहेको छ ।
अफ्रिकामा फ्रान्सेली, दक्षिण अमेरिकामा स्पेनी वा पोर्तुगाली वा नर्डिक देशहरूमा अंग्रेजी भाषा बोलिन्छन् । तर, स्थानीय भिन्नताहरुले सञ्चारलाई गाह्रो बनाउने गरेको अनुभव यात्रुहरुले गर्ने गरेका पाइन्छन् । यस्तो समस्या सामाधानका लागि जुन देशको भ्रमण गरिँदैछ तत् देशको भाषा अध्ययन गरेर यात्राको तयारी गर्न सकिन्छ, तर भाषा सिक्न समय नहुन सक्छ । यदि भाषाको अवरोधको चिन्ता नगरी संसारको कुनै पनि कुनामा यात्रा गर्न सकियो भने के होला ? यात्रा गरिएको देशको भाषा आफ्नो भाषामा अनुवाद र आफ्नो भाषा यात्रा गरिएको देशको भाषामा अनुवाद गर्न सक्ने उपकरण फेला प¥यो भने कत्तिको सजिलो हुन्छ होला ? जसले यात्रुलाई स्थानीयहरूसँग सहजै कुराकानी गर्न सजिलो बनाइदिन्छ । अहिलेसम्म दोभाषे या अनुवादकको सेवा लिने दिने गरिन्छ, तर जापानमा भने भाषा अनुवादको काम अब आर्टिफिसियल इन्टेलिजेन्स्ले गरिदिन्छ । जापानमा मात्र होइन विश्वभर नै यो रोचक सुविधा प्राप्त हुनेछ ।
टम जोनसन नामका सफ्टवेयर इञ्जिनियरले भाषाको अबरोधलाई सजिलो बनाइदिएका छन् । विश्वका केही ठूला टेक कम्पनीहरूसँग काम गरेको वर्षौंको अनुभवका साथ जोनसन एआई विकासको अग्रपंक्तिमा रहेका छन् । आधुनिक भाषाका मोडेलहरूमा काम गर्दै आउँदा नयाँ जिज्ञासाले उनलाई एक रोचक मार्गमा दौडायो, जोनसन भन्छन् ।
एकदिन, विभिन्न एल्गोरिदम प्रयोग गर्ने क्रममा, जोनसनले एक अभूतपूर्व कुरा पत्ता लगाए । उनले आफ्नो मोडेलमा एक विशेष विशेषता विकास गर्न सफल भए जसले भाषा अनुवादको परिदृष्यलाई सदाको लागि परिवर्तन गर्न सक्दछ । उनले विकास गरेको नयाँ एआई–भाषा मोडेल भाषाहरू बीच एक–आपसमा जोड्न उल्लेखनीय रुपमा सक्षम भएको छ । उनले विकास गरेको मोडेलले विभिन्न बोलीहरू बुझ्न सक्ने र गलत उच्चारण समेत सम्हाल्ने क्षमता राख्दछ । यो एउटा चुनौती थियो, तर सटिकता र अनुकूलनको स्तर कायम गर्न सफल भएको छ । त्यसैले आफ्नो खोजको सम्भावित प्रभावलाई पहिचान गर्दै, उनले तुरुन्तै यस प्रविधिलाई जनसाधारणमा कसरी ल्याउन सकिन्छ ? भनेर सोच्न थाले ।
जोन्सनले कसरी यो मोडल या उपकरण तयार पारे ? आफ्नो नयाँ दृष्टिलाई जीवनमा साकार बनाउन उनले ड्रीम टीम अर्थात् उनका पूर्व सहकर्मीहरू जो निकै प्रतिभाशाली दिमाग भएका थिए उनीहरुलाई भेला पारेर नवीन खोजबारे बताए । उनीहरुले एक उपकरण सिर्जना गर्ने योजना बनाए जसले क्रान्तिकारी टेक्नोलोजीलाई सबैका लागि पहुँचयोग्य बनाउन सकियोस् ।
उनीहरुले एनेन्स नामक मोडल अर्थात् उपकरण या डिभाइस विकास गरे । यो एक प्राविधिक चमत्कारको रुपमा अगाडि आएको छ । यसका लागि उनीहरुले शक्तिशाली प्रोसेसरहरु लगायतका अन्य सामान प्रयुक्त गरे । यसले केही भाषाहरू मात्र अनुवाद गर्दैन, यसले भाषाहरूको एक विस्तृत पुस्तकालय नै भण्डारण गर्दछ । जसले गर्दा यो कुनै पनि यात्रीको लागि सजिलो मोडल या उपकरणको रुपमा उपलब्ध भएको छ ।
एनेन्स मोडलले कसरी काम गर्छ ? मोडलले यात्रीको आवाज, कुराकानी (भाषा) सुनेर चाहेको भाषामा अनुवादित आवाज सुनाउँदछ । जसले यात्री र यात्रा गरिएको देशका मानिस या स्थानीयहरुलाई कुरा बझ्न धेरै सजिलो पारिदिन्छ । जसले गर्दा सेवा लिन दिन धेरै नै सजिलो हुन्छ ।
एनेन्स मोडल एक उपकरण मात्र होइन, यो एक उन्नत एआई टेक्नोलोजी हो । एनेन्स इन्स्ट्यान्ट ट्रान्सलेटरले अत्याधुनिक एआई एल्गोरिदमको प्रयोग गरेर पूर्ण अनुवादहरू प्रदान गर्दछ । यस मोडल या एआईले प्रयोगकर्ताको अन्तरक्रियाबाट निरन्तर सिक्छ, सुधार गर्दछ र अधिक सटिक अनुवाद सुनिश्चित गर्दछ । आधारभूत अनुवादकहरूको विपरीत, एनेन्सले सन्दर्भ बुझ्न सक्छ र वास्तविक संसारको कुराकानीमा अर्थपूर्ण अनुवादहरू प्रदान गर्न सक्छ ।
यो एआई मोडल विभिन्न बोलीहरू र क्षेत्रीय उच्चारणहरू पहिचान गर्न र अनुवाद गर्न माहिर छ, जसले यसलाई अत्यधिक बहुमुखी बनाउँदछ । यो एक रियल–टाइम प्रोसेसिङ्ग अनुवादक मोडल हो । यसले विश्वका ६० देशका भाषा अनुवाद गरेर सुनाउन सक्छ । आवाजलाई १.५ सेकेन्डमै अनुवाद गरिदिन्छ । यसले मानिसको भाषा सिक्ने समय र पैसा बचत गरिदिन्छ । अनि भएन त सजिलो ? तर अफसोच, यसले नेपाली भाषा बुझ्दैन । हिन्दी भाषा भने जान्दछ ।
यात्री या पर्यटक कुनै देशको रमणीय ठाउँमा पुगे तर त्यहाँको वर्णन भाषाका कठिनाइका कारण सुन्न र जान्न सकेनन् भने एनेन्स मोडल (डिभाइस)मा बोलेर सो ठाउँका बारेमा स्थानीयलाई सोध्न सक्छन् । उपकरणले स्थानीयले त्यहाँको भाषामा बोलेको कुरा यात्रीको भाषामा अनुवाद गरेर यात्रीलाई सुनाउँछ । तर, यो सुविधाका लागि यात्रीसँग एनेन्स डिभाइस र स्मार्ट फोन हुनुपर्दछ । युजर म्यानुअलमा दिइएको निर्देशन पालना गरेर गुगल स्टोरबाट एप डाउनलोड गरी इन्स्टल गर्न सकिन्छ । अनि आफ्नो स्मार्टफोनलाई स्थिर वाई–फाई वा मोबाइल नेटवर्कमा कनेक्ट गर्नुपर्छ । अनि यसले काम गर्न थाल्छ । एप एनेन्स डट कम वेभसाईटमा उपलब्ध छ ।
यसको सेवा लिइसकेका एक यात्रीको भनाइ, एनेन्सले मेरो जापान यात्रालाई पूरै परिवर्तन ग¥यो । म स्थानीयहरूसँग सहजै कुराकानी गर्न सक्षम भएँ र यसले मेरो अनुभवलाई अझ समृद्ध बनायो । त्यस्तै एनेन्सका अन्य प्रयोगकर्ताहरुका अनुसार, यो मोडल छिटो, भरपर्दो र प्रयोग गर्न अविश्वसनीय रूपमा सजिलो छ । अन्य प्रयोगकर्ताहरूले पनि उपकरणको गति, सटीकता र प्रयोगमा सहजताको प्रशंसा गरेका छन् । नेपाली टेक प्रतिभाहरुले यस्ता उपयोगी मोडल आविष्कार गरेर मनग्य आम्दानी गर्न सक्छन् र देशलाई समृद्ध बनाउन सक्छन् । तर, यसका लागि सरकारले प्रोत्साहनका कार्यक्रम ल्याउनु पर्दछ । (एजेन्सीको सहयोगमा)