मे डेमा सार्वजनिक विदा अनिवार्य कार्यान्वयन गर्न युनिकम नेपालको माग

0
210

झापा,
व्यापार क्षेत्रमा क्रियाशील श्रमिकहरूको संगठन युनिकम नेपालले मे डेमा अनिवार्य विदा कार्यान्वयन गर्न माग गरेको छ।
अन्तर्राष्ट्रिय श्रमिक दिवस मे १ तारिखमा सबै मजदुर श्रमिकलाई अनिवार्य बिदा दिन युनिकमले सम्बद्ध सबै पक्षसँग माग गरेको हो।
नेपाल सरकारले मे १ का दिन सार्वजनिक विदा दिँदै आए तापनि केही व्यापारिक प्रतिष्ठान , फर्म र व्यवसायीहरुले मजदुर र कर्मचारीलाई यो सुविधाबाट बन्चित गर्दै आएका छन् ।
युनिकम नेपालले झापामा स्थानीय उद्योगी व्यवसायीको नेतृत्वलाई भेटेरै यस विषयमा अवगत गराएको छ। बिर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजु न्यौपानेलाई यस विषयमा अवगत गराइएको युनिकम नेपाल झापाकी अध्यक्ष अर्पणा सापकोटाले जानकारी दिनुभएको छ ।
उद्योग वाणिज्य सङ्घका अध्यक्ष न्यौपानेले मे १ मा सार्वजनिक विदा कार्यान्वयन गर्न आफू सकारात्मक रहेको बताउनुभयो।
यसैबीच युनिकम नेपालका केन्द्रीय अध्यक्ष गजेन्द्रबहादुर पौडेलले १३६ औँ अन्तर्राष्ट्रिय मजदुर दिवस “पसिनाको पैसाले हाँस्न पुगोस्” भन्ने मूल नारालाई आत्मसात गरी रचनात्मक ढंगले मनाउन सम्बद्ध सबै सदस्यलाई आह्वान गर्नुभएको छ ।
झापामा युनिकमले रक्तदान कार्यक्रम तय गरेको छ। वैशाख १८ गते बिहीबार मुक्तिचोकमा रक्तदान कार्यक्रम तय गरिएको युनिकमकी अर्गनाइजर अनिषा बिष्टले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here