कार दुर्घटना ग्रस्त कारबाट ४२१ किलो गाँजा बरामद

0
23

काठमाडौं , धनकुटामा सशस्त्र प्रहरी बलले गाँजासहित कार नियन्त्रणमा लिएको छ ।

बुधबार बिहान धनकुटा, साँगुरीगढी गाउँपालिका–६ नमस्ते झरनास्थित कोसी लोकमार्गमा धनकुटाबाट धरानतर्फ जाँदै गरेको कारलाई प्रहरीले चेक गर्न खोज्दा भागेको थियो ।

को २ प १७३४ नम्बरको कार भागेपछी पिछा गर्दा उक्त कार गति अनियन्त्रित भई भित्तामा ठोकिएको थियो । चालक फरार भएको अवस्थामा कार नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

चेक गर्दा १२ वटा पोकामा ४२१ किलो गाँजा फेला परेको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here