१९ बर्षकै उमेरमा यी युवतीको यस्तो धन्दा!

0
39

योगेन्द्र योगी
विराटनगर,

मोरङको विराटनगर महानगरपालिका-१३ स्थितबाट नक्लली नोट सहित १ जना भारतीय युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत बिहार अररियाका १९ बर्षीय सिम्पी बैसन्ति रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ।

विराटनगर-१३ स्थित एक किराना पसलमा सामान किन्ने क्रममा सिम्पी बैसन्तिले भारतीय ५ सय रुपैयाको नोट पसलेलाई दिएकोमा उक्त नोट नक्कली रहेको संका लागेपछि पसल धनीले प्रहरीलाई खवर गरेका थिए।

खबर पाउने बित्तकै इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा उनको साथबाट ५ सय दरको ७ वटा नक्कली भारतीय नोट र नेपाली रुपैयाँ ३ हजार १ सय सहित पक्राउ गरेको छ।

नक्कली नोट सहित पक्राउ युवतीको आवश्यक कानूनी कारवाही तथा थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here